१६ बैशाख २०८२, मंगलवार | Tue Apr 29 2025

ल्याडमार्क होटल एण्ड रिसोर्टको भ्यालेनटाइन अफर, यस्ता छन विशेषता

२५ माघ, काठमाडौँ । प्रेमी-प्रेमिकाहरूले उत्साहका साथ प्रतीक्षा गर्ने प्रेम दिवस नजिकिँदै छ। यस रोमाञ्चक अवसरलाई झन् विशेष बनाउन आजबाट प्रेम सप्ताहको शुभारम्भ भएको छ।

यो सप्ताह विवाहित तथा अविवाहित जोडीहरूका लागि आफ्ना भावना अभिव्यक्त गर्ने, सम्बन्धलाई थप प्रगाढ बनाउने र अविस्मरणीय क्षणहरू सिर्जना गर्ने अवसरका रूपमा लिइन्छ।

यसै अवसरमा, आफ्नो प्रेमलाई अझ रमाइलो र सम्झनायोग्य बनाउन इच्छुक जोडीहरूका लागि ल्याण्डमार्क होटल एन्ड रिसोर्ट ग्रुपले विशेष भ्यालेन्टाइन प्याकेज सार्वजनिक गरेको छ।

प्रेमिल जोडीहरूका लागि नयाँ उत्साह, नयाँ उमंग र अमूल्य क्षणहरूको आनन्द प्रदान गर्नका लागि ल्याण्डमार्क होटल एन्ड रिसोर्ट ग्रुपले आजबाट विभिन्न अफरहरू ल्याएको छ ।

फेब्रुअरी महिनाभर रोमाञ्चक छुट र अफर

ल्याण्डमार्क ग्रुपले फेब्रुअरी ७ देखि १४ सम्म मात्रै नभएर फेब्रुअरी महिनालाई नै प्रेमको महिना बनाउँदै विभिन्न शहरका आफ्ना होटेल तथा रिसोर्टहरूमा आकर्षक छुटको घोषणा गरेको छ। ल्याण्डमार्क ग्रुपले पोखरा, चितवन, भैरहवा, र काठमाडौँका होटेल तथा रिसोर्टहरूमा निःशुल्क सौना, स्टिम, क्याण्डल लाइट डिनर, र क्यानोइङ जस्ता विशेष सेवा उपलब्ध गराउने जनाएको  छ । ग्राहकहरूलाई करिब ३३ प्रतिशतसम्म छुटको सुविधा प्रदान गरिने ल्याण्डमार्क ग्रुपले जनाएको छ ।

आकर्षक तथा सेवा सुविधाले सम्पन्न ल्याण्डमार्क ग्रुपका होटेल तथा रिसोर्टहरुले छुट्टाछुट्टै अफर सार्वजनिक गर्दै फेब्रुअरीलाई भ्यालेन्टाइन मन्थका रूपमा सेवा दिने जनाएको हो । ग्रुपले फेब्रुअरी ७ अर्थात् आजबाट २८ तारिखसम्म लागू हुने गरी आकर्षक छुटमा प्याकेज सार्वजनिक गरेको हो । जसमा डिलक्स रुम, ब्रेकफास्ट, डिनर, स्टिम, सौना, स्विमिङ तथा क्यानोइङसम्मको सुविधा प्रदान गरिएको छ । त्यसबाहेक एयरपोर्टबाट ल्याउने र एयरपोर्टमा पुर्‍याउनेसम्मको सेवा दिन लागिएको ल्याण्डमार्कले जनाएको छ ।

यस्ता छन् भ्यालेन्टाइन विशेष अफरका मुख्य आकर्षणहरूः

१. ल्याण्डमार्क पोखरा (लेकसाइड, पोखरा)

-सेलिब्रेट द मन्थ अफ लभ विशेष प्याकेज

-एक रात दुई दिन: रु. १५,०००

-दुई रात तीन दिन: रु. २३,५००

-डिलक्स रुम, क्याण्डल लाइट डिनर, वाइन, फ्रुट बास्केट, ब्रेकफास्ट, स्टिम, सौना, स्विमिङ पुल र एयरपोर्ट पिकअप/ड्रप सेवा।

२. ल्याण्डमार्क फरेस्ट पार्क (सौराहा, चितवन)

-निःशुल्क क्यानोइङ सहितको भ्यालेन्टाइन प्याकेज

-विशेष डेकोरेशनसहित डिलक्स रुम

-क्याण्डल लाइट डिनर, वाइन, ब्रेकफास्ट, निःशुल्क क्यानोइङ, स्विमिङ पुल, एयरपोर्ट पिकअप/ड्रप।

३. ल्याण्डमार्क भैरहवा (गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै)

-रोमान्टिक गेटवे अफर

-एक रात दुई दिन: रु. १२,५००

-दुई रात तीन दिन: रु. १८,०००

-डिलक्स रुम, डिनर, वाइन, स्विमिङ, एयरपोर्ट पिकअप/ड्रप।

४. ल्याण्डमार्क होटेल (गैरीधारा, काठमाडौं)

– सहरमै प्रेमको विशेष अनुभव

-एक रात दुई दिन: रु. १३,४००

-दुई रात तीन दिन: रु. १८,९००

-भ्यालेन्टाइन डेकोरेशन, डिनर, वाइन, एयरपोर्ट पिकअप/ड्रप।

तस्विरहरूः

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार २१:४३