१ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025

अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने निर्णयबाट पछि हट्यो सरकार

२४ माघ, काठमाडौँ । आज बस्ने संसद बैठकमा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू निर्णयार्थ पेस नहुने भएका छन् ।

राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस गर्ने निर्णयबाट सरकार पछि हटेको हो । प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची नै फेरिएको छ ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार १३:५७