नागरिक लगानी कोषको नाफा १४.०८ प्रतिशतले बढ्याे, यस्तो छ अन्य सूचक
२४ माघ, काठमाडाैँ । नागरिक लगानी कोषले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
समिक्षा अवधिमा कोषले ६२ करोड २८ लाख खुद नाफा आर्जन गरेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.०८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कोषको खुद नाफा ५४ करोड ६० लाख रुपैयाँ थियो ।
समिक्षा अवधिमा कोषले १ अर्ब ३ करोड बराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १२.४३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कोषले ९२ करोड ४५ लाख बराबरको आम्दानी गरेको थियो ।
जसमा १९ करोड ३३ लाख ब्याज आम्दानी, ८१ करोड १ लाख सेवा शुल्क तथा कमिसन आम्दानी र ३ करोड ५९ लाख रुपैयाँबराबरको अन्य सञ्चालन आम्दानी रहेको छ । कोषको कुल खर्च ६.१४ प्रतिशतले बढेको छ । अघिल्लो आवमा १९ करोड ६५ लाख रुपैयाँ रहेको कुल खर्च बढेर २० करोड ८६ लाख रुपैयाँ पुगेको छ ।
कोषले २ खर्ब ६४ अर्ब बराबरको कुल लगानी गरेको छ । जसमा मुद्धती निक्षेपमा १ खर्ब ३८ अर्ब ,नेपाल सरकारको ऋणपत्रमा ५० करोड,समयकालिन कर्जामा २५ अर्ब ८० करोड ,संगठित संस्थाको सेयरमा ३० अर्ब ८९ करोड र सहायक कम्पनीमा २ अर्ब ७२ करोड रुपैयाँ लगानी रहेको छ ।
कोषको बैंक मौज्दात ३ अर्ब २ करोड र चालु सम्पत्ति ७ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । कोषको जगेडा कोषको आकार २८ अर्ब ७० करोड रुपैयाँबराबर रहेको छ ।
समीक्षा अवधिसम्म कोषको प्रतिसेयर आम्दानी १९.२० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४३.१८ रुपैयाँ र लगानी प्रतिफल ६.६५ प्रतिशत कायम भएको छ ।
प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार १०:१३