२५ माघ २०८२, आईतवार | Sun Feb 8 2026

आशा लघुवित्तको २ लाख ५९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

२३ माघ, काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ ।

संस्थाले आजदेखि २ लाख ५९ हजार ७२३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि आम सर्वसाधारण तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् ।

लघुवित्तले गत मंसिर २१ गते ३५ दिने सूचना जारी गरेर संस्थाका विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर बिक्रीमा राखेकोमा बिक्री नभएपछि पुनः प्राप्त निवेदनका आधारमा आम सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र बनेपा साँगामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । सेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार ०९:५६