सेयर बजारमा उच्च अंकको वृद्धि, झण्डै १३ अर्वकाे कारोबार
२० माघ, काठमाडौँ । सेयर बजारमा भारी अंककाे वृद्धि भएको छ । आज नेप्से परिसूचक ६९ दशलमव ८० अंकले बढेर २७२७ को विन्दु कायम भएको छ । आज २०२ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको मूल्य घटेको छ ।
आज दिनभरिमा ३३० कम्पनीको २ करोड ४८ लाख ४८ हजार ७९ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ९५ करोडको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यस कम्पनीको ४१ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको ३५ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसैगरी, सिन्धु विकास बैंकको ३० करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन ७ कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । आज उन्नती सहकार्य लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भुगोल इनर्जी, ग्रामिण विकास लघुवित्त र एनएमबि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज ९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
प्रकाशित मिति : २० माघ २०८१, आईतवार १६:३६