१० फाल्गुन २०८१, शनिबार | Sat Feb 22 2025

अखिल नेपाल महिला संघ नुवाकाेटकाे अध्यक्षमा अधिकारी, सचिवमा पाैडेल चयन

१७ माघ, नुवाकोट । अखिल नेपाल महिला संघ (अनेमसघं) नुकाकोटको अध्यक्षमा इन्दिरा अधिकारी चयन हुनुभएको छ । माघ १६ गते सम्पन्न भएको नवौँ जिल्ला सम्मलेनबाट अधिकारीको नेतृत्वमा ५१ जनाको कमिटी सर्वसम्मत चयन भएको हो ।

अनेमसघंका केन्द्रीय अध्यक्ष टुकाभद्र हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन भएको हो । सम्मेलनबाट उपाध्यक्षमा लक्ष्मी प्रधान र जुना वली चयन हुनुभएको छ भने सचिवमा अम्विका पौडेल चयन हुनुभएको छ । यसैगरी, सह सचिवमा गंगा कोइराला र कोषाध्यक्षमा देविका घिमिरे चयन हुनुभएको अध्यक्ष हमालले जानकारी दिनुभयो ।

बुधबार भएको सम्मेलनमा सदस्यहरू सर्वसम्मत भएपनि पदाधिकारीमा धेरैजनाको उम्मेद्वारी परेपछि सर्वसम्मतिको प्रयास सफल हुन सकेको थिएन । सदस्यहरू सर्वसम्मत घोषणा गरेको निर्वाचन मण्डलले पदाधिकारीहरूबीच भने सहमतिका लागि आज विहान ८ बजेका लागि समय तोकेको थियो । आज दिनभरको छलफलमा सहमति जुटेपछि नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको अध्यक्ष हमालले जानकारी दिनुभयाे ।

अनेमसंघ नुवाकोटले सर्वसम्मत नेतृत्व चयन गरेर सकारात्मक सन्देश दिएको हमालको भनाइ थियो । जिल्लाको लिखु गाउँपालिका १ मा आयोजना गरिएको  सम्मेलनमा झण्डै ३०० जना नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार २०:४८