अध्यादेशले व्यवसायीमा नयाँ उर्जा थप्योः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
१८ माघ, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारले विभिन्न कानुन संशोधन हुने गरी अध्यादेश ल्याएपछि निजी क्षेत्र उत्साहित भएको बताउनुभएको छ । नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा आजबाट सुरु भएको नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलनमा ‘नवप्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक रुपान्तरण’ विषयक प्यानल डिस्कसनमा बोल्दै उहाँले व्यवसायिमा नयाँ उर्जा पलाएको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले निजी क्षेत्रले धेरै वर्षदेखि उठाउँदै आएको मागलाई सरकारले सम्बोधन गरेको बताउँदै अध्यादेश पास भएपछि अर्थतन्त्र थप चलायन हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अध्यादेशमा केही अपुग कुराहरु पनि छन् । त्यस विषयमा अध्यादेश टेबल भैसकेपछि छलफल गरौंला’, श्रेष्ठले भने, ‘हामी हाम्रा सुझावहरु पनि पेश गर्ने छौं । त्यसमा माननीयहरुमा अहम भूमिका हुनेमा हामी आशावादी छौं ।’
मुलुकको वर्तमान परिस्थितिमा सुधान ल्याउन सबै एकजुट हुनुपर्नेमाो उहाँको जोड छ । उहाँले भन्नुभयो, ‘२०/४० प्रतिशतमा मात्रै उद्योग चलिरहेको छ । व्यवसाय सुस्ताएको छ । माग कम छ । व्यवसायिमा नैशास्यता छ । व्यवसायिको मनोदशा गम्भिर छ । मनोदशालाई परिवर्तन गर्न जरुरी छ । नीतिगत स्थिरता र निरन्तरता प्रमुख कुरा हो ।’
‘व्यवसाय गर्दा राज्यलाई के फाईदा दियो त्यो हेर्ने, हो नाफा हेर्ने होईन । हाम्रो पनि व्यवसायिक धर्म हो । हामी नाफा हेर्छौं । उचित र अनुचित नाफामा सरकारले हेर्नुपर्छ’, श्रेष्ठले भन्नुभयो । उद्यमशीलता पाठ्यक्रमा समावेश गरेर घरबाटै सिकाउनु पर्ने श्रेष्ठको भनाई छ ।
प्रकाशित मिति : १६ माघ २०८१, बुधबार १४:२३








