२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

केन्द्रीय बैंकबाट सहुलियतपूर्ण कर्जा प्रवाह हुन सकेनः पूर्व गभर्नर नेपाल

१८ माघ, काठमाडौँ। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरन्जिवी नेपालले सरकारको ‘सर्पोट विना’ स्टार्टअप र उद्यमशीलताले गति लिन नसक्ने बताउनुभएको छ । स्टार्टअपलाई सरकारको नीति, शिक्षा र तालिम, बैंकिङ सर्पोट आवश्यक हुने उहाँको भनाइ छ ।

नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा आजबाट सुरु भएको नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलनमा ‘नवप्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक रुपान्तरण’ विषयक प्यानल डिस्कसनमा बोल्दै नेपालले उद्यमशीलता विषय प्रारम्भिक शिक्षाबाटनै हुनुपर्ने बताउनुभयो ।

उहाँले स्टार्टअप र उद्यमशीलताका लागि सरकारले सहुलियत कर्जा बढाउनु पर्ने बताउनुभयो । सहुलियतपूर्ण कर्जा केन्द्रीय बैंकबाट जान नसकेको बताउँदै नेपालले कर्जा प्रवाह बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार १४:१८