६ फाल्गुन २०८१, मंगलवार | Tue Feb 18 2025

पाँच लाखमै अड्किए स्वास्थ्यमन्त्री पाैडेल, प्रधानमन्त्रीले सुने कार्यान्वयन कहिले ?

१६ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सम्बन्धी कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्नुभएको छ । हरेक दिनजसो भाषणमा पाँच लाखको स्वास्थ्य बीमाको कुरा गरिरहनुभएको मन्त्रीले कार्यदलका सदस्यसहित योजना प्रस्तुत गर्नुभएको हो ।

स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लिखत विषयका आधारमा मन्त्रालयका अतिरिक्त सचिव डा.दीपेन्द्ररमण सिंहको नेतृत्वमा कार्ययोजना तयार पारिएको थियो । सो समितिले तयार पारेको कार्ययोजनासहितको प्रतिवेदन प्राप्त भए पछि मन्त्री पौडेलले मंगलबार प्रधानमन्त्रीसमक्ष प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

फाइल तस्बिरः प्रधानमन्त्रीको सचिवालय

कार्ययोजनाका आधारमा मन्त्रीपरिषद बैठकमार्फत स्वास्थ्य बीमामा सुधारसम्बन्धमा निर्णय हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार गर्दै ५ लाख पुर्याउने गरी तयारी गरिरहेको बताउनुभएको थियो । प्रतिवेदनमा ५ लाखको लक्ष्यमा पुग्न सकिने विषयवस्तु समावेश छ ।

मन्त्रिपरिषदबाट निर्णय भएमा संसदको अधिवेशनमार्फत स्वास्थ्य बीमा ऐन संसोधनको प्रक्रिया अघि बढाउने मन्त्री पौडेलले तयारी गर्नुभएको छ ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार १३:५७