शोक प्रस्ताव पारित गर्दै स्थगित भयो संसद् बैठक, अर्को बैठक बिहीवार बस्ने
१७ पुस, काठमाडौं । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका केन्द्रीय सदस्य कमलादेवी शर्माको निधनमा शोक प्रस्ताव पारित गर्यो । बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरिएको हो । केन्द्रीय सदस्य शर्माको हृदयघातका कारण ५६ वर्षको उमेरमा निधन भएको हो ।
यसअघि शर्मा विसं २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट समानुपातिकतर्फ निर्वाचित सदस्य तथा पूर्व वन तथा भू–संरक्षण राज्यमन्त्री हुनुहन्थ्यो ।
प्रतिनिधिसभाको अर्का बैठक पुस १९ गते बिहीबार १२ बजे बस्नेछ ।
प्रकाशित मिति : १७ पुष २०७५, मंगलवार १६:०४