१४ मंसिर २०८१, शुक्रबार | Sat Nov 30 2024

प्रधानमन्त्री ओलीले बालबालिकासँग भने `निर्मलाको हत्यारा खोज्न आइजीपीलाई नै लगाएको छु`

१७ पुस, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनाकाे छानबिन गर्न आइजीपीलाई नै लगाएको बताएका छन् । मंगलबार नेपाल स्काउटले काठमाडौँमा आयोजना गरेकाे कार्यक्रममा उनले बलात्कारपछि हत्या भएका अरु घटनामा दोषी पत्ता लागे पनि यसमा कठिन भएको बताएका छन् ।

 बालबालिकाले निर्मला पन्तको बलात्कार र हत्याको बिषयमा राखेकाे जिज्ञासामा  प्रधानमन्त्री ओलीले यस घटनाको सत्यतथ्य पत्ता लगाउन सरकार गम्भिर रहेको बताउनुभएको छ । “निर्मलाको बलात्कार र हत्याका दोषीहरुको खोजी भइरहेको छ । उनीहरु पत्ता लाग्छन् । सुरुवाती चरणमा प्रहरीबाट पनि केही गल्ती भएको छ । अहिले उच्च स्तरीय छानविन समिती गठन गरेर अनसुन्धान भइरहेको  छ । नेपाल प्रहरी यस्ता घटनाको अनुसन्धान गरेर अपराधी पत्ता लगाउन सक्छ । अपराधी पत्ता लगाउन मैले पटक पटक निर्देशन पनि दिएको छु ।”

प्रधानमन्त्री ओलीले ढिलो छिटो अपराधी पत्ता लाग्ने पनि दावी गरे । ‘यस घटनामा संलग्न अपराधीलाई हामी कुनै पनि हालतमा छाड्दैनौं । अलिकति ढिलो चाँडो होला तर पत्ता लगाएर कानूनको दायरामा ल्याउने र सजायको भागी बनाउन हामी सक्छौं भन्नेमा विश्वस्त छौं, सरकार यसमा लागिरहेको छ ।’

प्रकाशित मिति : १७ पुष २०७५, मंगलवार १७:०३