१७ माघ २०८१, बिहीबार | Fri Jan 31 2025

महत्वपूर्ण बिद्येयकहरु हिउँदे अधिवेशनमा पारित हुन्छन्–उपाध्यक्ष घिमिरे

माघ १५ , कपिलबस्तु  । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले संसदमा विचाराधिन रहेका महत्वपूर्ण विद्येयकहरु संसद्को हिउँदे अधिवेशनमा नै पारित हुने विश्वास ब्यक्त गर्नुभएको छ ।

उपाध्यक्ष घिमिरेले गृह जिल्ला कपिलबस्तुको शिबराज नगरपालिकास्थित नेपाल आर्दश माध्यामिक विद्यालयको स्वर्ण महोत्सब समारोह उद्घाटन गर्दै विचाराधिन विद्येयकहरु संसदको यही हिउँदे अधिबेशनमा पारित हुने बिश्वास ब्यक्त गर्नुभएको हो ।

‘राष्ट्रिय सभा र प्रतिनिधि सभाका समितिहरुमा विचाराधिन महत्वपूर्ण विद्येयकहरु यही हिउँदे अधिबेशनमा पारित गर्नुपर्छ।’‚ उहाँले भन्नुभयो ‘कानूनको अभावमा सेवा प्रवाहमा पुगेको अवरोध यही हिउँदे अधिबेशनबाट अन्त्य हुन्छ भन्ने विश्वास लिएका छौ ।’

विद्येयकहरु बर्षौ सम्म समितिमा अल्झेर बस्ने समस्या समाधानका लागि पहल भैरहेको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले सरकार पनि विद्येयक अधिबेशनलाई कानून निर्माणमा नै केन्द्रित रहेकोले यो अधिबेशन फलदायी बन्ने बिश्वास लिएको दोहोर्‍याउनुभयो । राष्ट्रिय सभाका समितिमा विचाराधिन सबै बिद्येयक संसदमा पेश हुने उहाँको भनाई थियो ।

राष्ट्रिय सभामा समितिमा ६ महिना भन्दा लामो समय विद्येयक नराख्ने ब्यबस्था गरिसकेको उल्लेख गर्दै उपाध्यक्ष घिमिरेले प्रतिनिधि सभाले पनि समितिमा रहेका विद्येयकहरु टुंगोमा पुर्‍याउनका लागि छिट्टै  नियमावली संशोधन मार्फत आवश्यक ब्यबस्था गर्ने  अपेक्षा राख्नुभयो । ‘अब समितिमा नै बर्षौ सम्म विद्येयक अल्झेर बस्ने समस्या अन्त्य हुन्छ’, उहाँले भन्नुभयो ‘यसका लागि संसदका दुवै सदनले आवश्यक ब्यबस्था गर्छन।’ विद्यालय शिक्षा विद्येयक पनि यही अधिबेशनबाट पारित गर्न आवश्यक रहेको कुरामा जोड पनि दिनुभयो ।

अर्को प्रसंगमा बोल्दै उपाध्यक्ष घिमिरे अहिलेको ब्यबस्थाका बिरुद्धमा चौतर्फी आक्रमण भैरहेकोमा चिन्ता ब्यक्त गर्दै गलत प्रबृत्ति र कार्यशैली सुधारेर अहिले कै ब्यबस्थालाई बलियो बनाउन आग्रह पनि गर्नुभयो । ब्यबस्था खराब नभएको तर कतिपय कार्यशैलीका कारण देखिएका समस्याहरु कार्यशैली सुधार गरेर हटाउन सकिने भनाई उहाँको थियो । सामाजिक सञ्जालमा अहिले परिवार संग बसेर हेर्न नसकिने सामाग्रीको बाढी आउन थालेको तर्फ सबैले सचेत हुनुपर्ने कुरा औल्याउँदै विद्यालय शिक्षा मार्फत नै मर्यादित बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

कपिलबस्तु गौतमबुद्धको जन्मभूमि भएकाले यहाँका सबै बिद्यालयहरुले विश्व शान्तिको सन्देश सहित बौद्ध दर्शनको शिक्षा अनिवार्य लागु गर्नुपर्ने भनाई पनि उपाध्यक्ष घिमिरेले राख्नुभयो ।

नेपालकै नमुना विद्यालयको रुपमा रहेको नेपाल आर्दश माध्यामिक विद्यालयमा ३ हजार ५ सय विद्यार्थीले पढ्दै आएका छन । यो विद्यालयमा नेपाली र अंग्रेजी माध्यममा माध्यामिक तह सम्मको पढाई हुँदै आएको छ भने ब्यबसायिक र प्राविधिक शिक्षा तथा दृष्टिविहीनहरुका लागि बिशेष कक्षा समेत सञ्चालित छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलवार १९:३१