मार्च ९ मा एडिलेडमा नेपाल महोत्सब, कहा पुग्यो त तयारी ?
एडिलेड । गैरआवासीय नेपाली संघ साउथ अष्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल महोत्सवको अर्को संस्करण आगामी मार्च ९ तारिख एल्डर पार्क एडिलेडमा हुने भएको छ । नेपाल महोत्सवको उद्देश्य यहाँ हुर्किदै गरेको नेपालीको पछिल्लो पुस्तालाई नेपाली भाषा, संस्कृति, भेषभूषाका बारेमा जानकारी गराउनका साथै नेपालको पर्यटन क्षेत्रमा योगदान दिने एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलियाका संयोजक संजय पुरीले बताउनुभयो । साथै, एउटै ठाउँमा बसोबास गर्दै आएका नेपाली नेपालीबीच भाइचाराको अभिबृद्धि गर्न पनि नेपाल महोत्सव महत्वपूर्ण योगदान दिँदै आएको उहाको भनाई रहेको छ ।
नेपाल महोत्सव एडिलेड २०२५ लाई सफल बनाउन १० बटा उपसमितिहरु निमार्ण गरिएको छ । एनआरएनए साउथ अष्ट्रेलियाका उपाध्यक्ष विनोद वानियाले १० बटै उप समितिहरुको बैठक बसेर कामहरु अगाडी बढाईएको बताउनु भयो । उहाले यस बर्ष खानाका ११ वटा स्टल हुने र २०-२५ बटा अन्य व्यवसायी संस्थाहरुका स्टल हुने बताउनु भयो । उहाले खानाको सबै स्टल बुकिङ भएको बताउदै स्टलहरुको बुकिङले नेपाल महोत्सव यहा रहेका नेपाली व्यवसायीहरुलाई व्यापारका लागि आकर्षक थलो बन्दै गएको बताउनु भयो ।
महोत्सवलाई साउथ अष्ट्रेलिया बहुसांस्कृतिक मन्त्रालय समेतले आर्थिक सहयोग गरेको छ ।
एनआरएन साउथ अष्ट्रेलियाका सचिव गणेश पराजुलीका अनुसार यस पटकको नेपाल महोत्सवमा साउथ अष्ट्रेलिया राज्य सरकारका उच्चपदस्थ अधिकारीहरु सहभागी हुने अपेक्षा गरिएको बताउनु भयो । नेपाल फेष्टिवलमा सहभागी हुन अष्ट्रेलियाका विभिन्न राज्यबाट एनआरएनका अभियन्ताहरु, सामाजिक व्यक्तित्व, नेपाली समूदायका अगुवाहरु पनि आउने तय भएको छ । सचिव पराजुलीले नेपाल महोत्सवमा धरहरा, ढुंगेधारा, बुद्धको मूर्तिदेखि पशुपति नाथ, समेत दर्शकले हेर्न पाउने जानकारी दिनुभयो ।
नेपाल महोत्सवको दिन मार्च ९ मा बिहान १० बजे नेपाल परेड सुरु हुनेछ । भने राति ९.३० बजे आतिशबाजीका साथ भव्यताका साथ समापन गर्ने कार्यक्रम रहेको छ । यस पटकको नेपाल महोत्सवमा १० हजार भन्दा बढी सहभागी हुने अपेक्षा आयोजकहरुको रहेको छ ।
प्रकाशित मिति : १५ माघ २०८१, मंगलवार १७:१५