नेपथ्य अष्ट्रेलियाका आठ शहरमा गुञ्जदै
एडिलेड । नेपालको चर्चित व्यान्ड नेपथ्यले मार्च ३ बाट शुरु गर्ने अस्ट्रेलियाको सांगीतिक यात्रा, अष्ट्रेलियका आठ शहरमा हुने भएको छ । जसमा ३ मार्चमा क्यानबेरा, ६ मार्चमा डार्विन, ९ मार्चमा पर्थ, १४ मार्चमा ब्रिसबेन, १८ मार्चमा होबार्ट, २१ मार्चमा एडिलेड, २४ मार्चमा मेलबर्न र २९ मार्चमा सिड्नीमा कन्सर्ट गरेपछि यात्रा सम्पन्न हुने आयोजक गिरिश ईन्टरटेन्मेन्टका गगन गिरीले जानकारी दिनुभयो ।
गिरीका अनुसार डार्विन र मेलबर्नको कन्सर्ट गर्ने ठाउँ छनोट अन्तिम चरणमा रहेको र यस बाहेक क्यानबेराको नेशनल कन्भेन्सन सेन्टरमा, पर्थको मेट्रो सिटी हलमा, ब्रिसबेनको दि टिभोलीमा, होबार्टको ओडिअन थियटरमा, एडिलेडको हिन्डले स्ट्रीट म्युजिकल हलमा र सिड्नीको दि होड्रन पेभेलियनमा कन्सर्ट आयोजना गरिनेछ ।
२००९ देखी छ पटक अष्ट्रेलिया भ्रमण गरि सकेको नेपथ्यले यसअघि पछिल्लो पटक सन् २०२३ को जनवरीमा आफ्नो सांगीतिक यात्रा गरेको थियो।
नेपथ्यको अस्ट्रेलिया यात्राको लागि गायक अमृत गुरुङ ६ जना संगीतकर्मीसहित प्राविधिक एवं व्यवस्थापन गरेर १४ सदस्यीय टोली रहने छ ।
अमृतलाई यो सांगितिक यात्रामा पनि ड्रमसेटमा ध्रूव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गीतारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले साथ दिनेछन्।
प्रकाशित मिति : १५ माघ २०८१, मंगलवार ०४:०७