१८ बैशाख २०८२, बिहीबार | Thu May 1 2025

एडिलेडमा तिन राष्ट्रका समुदायिक क्लवहरु विच महिला क्रिकेट प्रतियोगिता

एडिलेड । नेप्लिज क्रिकेट एशोशियसन (एन्का)ले क्रिकेट खेलकुदमा महिलाहरुको थप विकासका साउथ अष्ट्रेलिया रहेका तिन देशका सामुदायिक क्लवहरु विच आगामी फ्रेब्रुअरी १-२२ मैत्रिपुर्ण प्रतिय़ोगिता आयोजना गर्ने भएको छ ।

एलसिए एन्का फ्रेन्डसिप कप २०२५ मा नेपाली , भारतिय र पाकिस्तानी समुदायका महिला टिम बिच प्रतियोगिता हुने एन्का अध्यक्ष विजय जोशीले बताउनु भयो । जसमा एन्का सन्साईन( नेपाल), एडिलेड पाकिस्तानी मल्टिकल्चर ग्रुप (पाकिस्तान) र विश्व हिन्दु परिषद क्रिकेट क्लव (भारत) रहेका छन् ।

एन्काको घरेलु मैदान फब्स प्राईमेरी स्कुलको मैदानमा फ्रेब्रुअरी १ मा पहिलो उद्घाटन खेल एन्का सन्साईन र एडिलेड पाकिस्तानी मल्टिकल्चर ग्रुप विच हुने छ । दोस्रो खेल फ्रेब्रुअरी ८ शनिवार एडिलेड पाकिस्तानी मल्टिकल्चर ग्रुप र विश्व हिन्दु परिषद क्रिकेट क्लव विच हुने छ । भने तेस्रो फ्रेब्रुअरी १५ शनिवार खेल विश्व हिन्दु परिषद क्रिकेट क्लव र एन्का सनसाईन विच हुने छ ।

तिन खेलका उच्च अंक प्राप्त गर्ने टिम विच फ्रेब्रुअरी २२ शनिवार फाईनल खेल हुने भएको छ । सबै खेल साझ ५ बजे हुने समेत जनाईएको छ ।

विजयी टिमलाई कप तथा मेडल प्रदान गरिने एन्का अध्यक्ष जोशीले बताउनु भयो । जोशीले विगतमा महिला क्रिकेट साउथ अष्ट्रेलियन क्रिकेट एशोशियसन (शाका)ले गरेकोमा हाल विविध कारणले हुन नसकेको अवस्थामा एन्काले तिन क्लवहरुबाटै भए पनि शुरु गरेको बताउनु भयो । उहाले यस्ता प्रतियोगिताहरुले खेलाडीहरुमा प्रतिस्पर्धी क्षमताको विकास हुने भएकाले प्रतियोगिता आयोजना गरिएको बताउनु भयो।

“सबैका लागि क्रिकेट खेलकुद बनाउने” एन्काको उद्देश्य मध्ये एक भएकोले, यो प्रतियोगिता सुरु गरिएको उहाले बताउनु भयो । उहाले अगाडी भन्नु भयो – यस प्रतियोगिताको मुख्य उद्देश्य प्रिमियर क्रिकेटको लागि प्रतिभाशाली महिला खेलाडीहरू पहिचान गर्नु हो । साथै बहुसांस्कृतिक समुदायलाई क्रिकेट मार्फत एक ठाउमा ल्याउने समेत उद्देश्य रहेको छ ।

जोशीले सम्पुर्ण नेपाली समुदायलाई प्रतियोगितामा उपस्थित भएर खेलाडीहरुको हौसला बढाउन समेत अनुरोध गर्नु भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक लिभेबिलिटी केयर अष्ट्रेलिया (एलसिय) रहेको छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलवार ०२:०८