२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

चलचित्र ‘सारंग’ को नयाँ पोस्टर सार्वजनिक

१३ माघ, काठमाडौँ। माघ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सारंग’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। यस अघि सार्वजनिक टिजर पोस्टर र ट्रेलरको चर्चा राम्रो भईरहेको छ।

सार्वजनिक नयाँ पोस्टरमा चलचित्रका चार प्रमुख पात्रलाई स्थान दिइएको छ। पोस्टरमा ऋचा शर्मा,उत्पल झा र बालकलाकार द्वय सम्राट र आदित्यलाई प्रमुख रुपमा प्रस्तुत गरिएको छ।

निर्देशक प्रशान्त तामाङको लेखन,निर्माण अनि निर्देशनमा बनेको फिल्म बाल मनोबिज्ञान, बालअधिकार, धनी–गरिब परिवारबीचको खाड्लको यथार्थ कथा प्रस्तुत गरिएको बताइएको छ। एक परिवारमा सम्बन्ध बिच्छेदले निम्त्याउने कथा बोल्छ ।

फिल्ममा ऋचा शर्मा,उत्पल झा,समीरमणि दीक्षित,सुरज तमु,मणि के राई,अनिषा न्यौपाने,निरज ब्ल्याक,बिश्व स्याङ्बो,दीपीका थापा,सुमन सागर जंग केसी,प्रभात श्रेष्ठका साथमा बालकलाकार द्वय सम्राट र आदित्य मुख्य भूमिकामा छन् ।

बबाल मनोबिज्ञान, बालअधिकार, धनी–गरिब परिवारबीचको खाड्लको यथार्थ कथा प्रस्तुत गरिएको बताइने फिल्मको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् । पुष्पा लिम्बू र बिनु गुरुङ सहनिर्माता रहेको फिल्म गोपाल रायले खिचेका हुन् । दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको सम्पादन मित्र डि गुरुङले गरेका हुन् । फिल्ममा शंकर थापा स्माइल र नकुल कार्कीको संगीत,स्वास्वत श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक, सुष्मा राईको कोरियोग्राफी छ। फिल्मलाई देशभर स्टेशन ५ ले बितरण गर्दैछ ।

प्रकाशित मिति : १३ माघ २०८१, आईतवार १७:०१