३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

कृषि विकास बैंक लिमिटेडको ५८ औं बार्षकोत्सव कार्यक्रम सम्पन्न

७ माघ, काठमाडाैँ । देशको कृषि क्षेत्रमा वित्तीय तथा प्राविधिक सहयोग पुर्याई कृषिको उत्पादन र उत्पादकत्व बृद्धि गराउनुका साथै कृषि क्षेत्रलाई आवश्यक पर्ने कर्जा उपलब्ध गराउने मुल उद्देश्यका साथ बि.स. २०२४ साल माघ ७ गते स्थापना भएको कृषि विकास बैंकले आफ्नो गौरवमय यात्राको ५७ बर्षको यात्रा पार गरेको छ ।

५८ औं बर्षमा प्रवेश गरेको सुखद अवसरमा आयोजित बार्षिकोत्सव कार्यक्रमलाई उद्घाटन सहित सम्बोधन गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि विकास बैंकले पछिल्लो समय अब्बल बैंकका रुपमा आफूलाई स्थापित गर्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो ।

बार्षिकोत्सव समारोहमा अर्थमन्त्री पौडेलले बैंकले पछिल्लो समय निकै सकरात्मक उपलब्धी हासिल गरेको र “मुलुकको कृषि क्षेत्रको विकासका लागि बैंकले आधा शताब्दीभन्दा लामो समयदेखि अनवरत रुपमा सेवा प्रवाह गरिरहेकोकुरा बताउँदै वहाँले प्रतिस्पर्धी क्षमता विकास गरेर उपलब्धि हासिल गरेको यस बैंकले यत्तिकैमा सन्तुष्ट भएर नबसी उपलब्धीको मानकलाई अझ उचाइमा पुर्याउनका लागि सफल होवोस्’ भन्ने शुभकामना दिनुभयो ।

सोही कार्यक्रलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अहिलेको बिषम परिस्थतीमा पनि बैंककोसुचांकहरु सकारात्मक रहेको साथै नियमनकारी निकायबाट निर्देशनहरुको पूर्णरुपमा परिपलाना गरेको पाइएको कुरा व्यक्त गर्नु भयो र आगमाी दिनहरुमा लगानीका थप क्षेत्रहरुको पहिचान गरी अगाडि बढ्न निर्देशन दिदै बैंकको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

त्यस्तै गरी बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले समग्र बैंकिङ्ग व्यवसायलाई बृद्धि गर्न सम्पूर्ण कर्मचारीहरु एकजुट भर्ए कार्य गर्न अग्रसर हुन पर्ने बताउनुभयो । उक्त कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आगामी दिनहरुमा समेत यस्तै अटुट साथ,सहयोग एवं विश्वासको अपेक्षा गर्नुभयो । सो अवसारमा प्रमुख कार्यकारी अधिकृत गुरुबले बैंकिङ्ग क्षेत्रको वर्तमान बदलिंदो परिवेशलाई मध्यनजर गर्दै “साझा समृद्धिका लागि सबैको रोजाईको बैंक” भन्ने दूरदृष्टिका साथ बैंकले नयाँ ५ वर्षे व्यवसायिक योजना संचालक समितिबाट स्वीकृत गराई कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार १३:१८