२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

आरम्भ चौतारी लघुवित्तको नाफा बढ्यो, यस्ताे छ अन्य अवस्था

१३ माघ, काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रेमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

समिक्षा अवधिमा लघुवित्तले ३ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६१.४२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको खुद ब्याज आम्दानी सामान्य बढेपनि खराब कर्जा घटेर इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढेको हो । यस्तै, लघुवित्तको खुद ब्याज आम्दानी २६.०२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३६.२४ प्रतिशत घटेको छ।

यसैगरी, लघुवित्तको कुल सञ्चालन मुनाफा १०।६० प्रतिशत बढेको छ। पुस मसान्तसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड ९७ लाख रुपैयाँ रिभर्स भएको छ जसका कारण खुद नाफा र सञ्चालन आम्दानी दुबै बढेको हो। लघुवित्तको खराब कर्जा ४.६४ प्रतिशतबाट घटेर २.९१ प्रतिशतमा झरेको छ।

लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी समेत बढेको छ। लघुवित्तको यस्तो आम्दानी १० रुपैयाँ ९९ पैसा बढेर १७ रुपैयाँ ७९ पैसा पुगेको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५७.४१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ९२ पैसा रहेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ३ करोड ७२ लख रुपैयाँ रहेको छ।

३६ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १४ करोड ६५ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले ४ अर्ब ७१ करोड ७३ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ७९ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

प्रकाशित मिति : १३ माघ २०८१, आईतवार १३:०८