नेपाली होली फेस्टिवललाई साउथ अष्ट्रेलियामा सम्मान
एडिलेड । साउथ अष्ट्रेलियाको म्यारियन काउन्सिलले नेपाली होली फेस्टिवललाई कम्युनिटी ईभेन्ट अफ द एयर २०२५को सम्मान प्रदान गरेको छ । काउन्सिल क्षेत्र भित्र गत बर्ष २०२४मा भएका विभिन्न सामुदायिक कार्यक्रमहरु मध्येमा उत्कृष्ट भएकोमा सम्मान गरिएको हो ।
एडिलेड नेपालको आयोजनामा २०१८ देखी हुदै आएको होली फेस्टिवल विगत २०२० र २०२३ मा नोमिनेसनमा मात्र पर्न सफल भएको थियो । भने यस बर्ष स्थानिय दुई कार्यक्रमहरु उछिन्दै सम्मानित हुन सफल भएको हो । काउन्सिलले प्रत्येक बर्ष बिभिन्न विधामा सम्मान गर्दै आएको छ । यस बर्ष सिटिजन अफ द एयर सामन्था केर, युथ सिटिजन अफ द एयर ताज वार्ड, स्पोर्ट टिम अफ द एयर पलिम्प्टन फ्लायर्स लिटिल एथलेटिक्स क्लबलाई प्रदान गरिएको थियो ।
सम्मानितहरुलाई काउन्सिलका मेयर क्रिस हानाले सम्मान पत्र र ट्रफी प्रदान गर्नु भएको थियो ।
प्रत्येक बर्ष एडिलेड नेपाल सहित यहा रहेको सिङ्गो नेपाली समुदायले मेहेनत गरेर भव्य बनाउदै आएको होली सम्मानित हुनु गौरवको बिषयको भएको एडिलेड नेपालका निवर्तमान अध्यक्ष पुष्कर कोईरालाले बताउनु भयो । उहाले परदेशको भुमीमा नेपाल र नेपालीलाई चिनाउन अभियानमा थप सफलता मिलेको बताउनु भयो ।
यो सम्मानले यस बर्ष मार्च ८ मा हुने होली फेस्टिवललाई अझ भव्य बनाउन प्रेरणा मिलेको एडिलेड नेपालका वर्तमान अध्यक्ष कबिर पोखरेलले बताउनु भयो ।
फिलिन्डर युनिभर्सिटी समेत रहेको एडिलेडको दक्षिण भागमा रहेको म्यारियन काउन्सिलमा नेपालीहरुको संख्या उल्लेख्नीय रुपमा बढेको छ ।
यसै गरि साउथ अष्ट्रेलियाको संसद सदस्य जेन स्टिन्सनले फेसबुकमा फोटोहरु साझा गर्दै होली पर्वको बिशेषतालाई समेत जोडेर एडिलेड नेपालमा सम्मानित भएकोमा बधाई दिनुभएको छ ।
प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार १७:२५