२६ फाल्गुन २०८२, मंगलवार | Wed Mar 11 2026

चलचित्र ‘एक्लो’ को क्यारेक्टर पोस्टर, विजय लामाको लुक्स सार्वजनिक

६ माघ, काठमाडौँ । नेपाली फिचर फिल्म ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका मुख्य पात्र विजय लामाको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा विजय लामालाई बृद्द गेटअपमा प्रस्तुत गरिएको छ। उनको क्यारेक्टर नाम भिस्म रहेको छ। उनको साइडमा इन्टरड्युसिङ्ग मुटु लेखिएको छ।

चलचित्रका निर्देशक प्रदीप शाही हुन् । शाहीको यो तेश्रो निर्देशकीय सिनेमा हो। लामो समय देखि बेलायत बस्दै आएका शाहीले ‘एक्लो’ लाई हलिउड स्तरको सिनेमा बनाउने तयारीका साथ जुटेका छन्। हाल सिनेमाको लण्डनमा पोस्ट प्रोडक्सनको कार्य भईरहेको छ। चलचित्रको सम्पूर्ण कार्य सकिए पश्चात मात्र प्रदर्शन मिति फाइनल गर्ने निर्देशक शाहीले बताए।

यो चलचित्रमा स्टारकास्टहरूको लाइन नै लागेको छ । जसमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री , विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिङलगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ ।

चलचित्र एक्लोका निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज रहेका छन् । बाबु श्रेष्ठको छायाङ्कन रहेको यस चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा शुभराज कार्की र द्रोण प्रसाद पौडेल छन् ।

प्रकाशित मिति : ६ माघ २०८१, आईतवार १६:२८