२ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025

आरएसडीसी लघुवित्तको नाफा र प्रतिसेयर आम्दानी दुवै घट्यो, यस्तो छ अन्य अवस्था

६ माघ, काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आरएसडीसी लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी समेत घटेको छ ।

समिक्षा अवधिकमा लघुवित्तको खुद नाफा ३६.२५ प्रतिशतले घटेर ४ करोड ४१ लख ८२ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको साेही अवधिमा कम्पनीले ६ करोड ९३ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीमा इम्पेयरमेन्ट चार्ज बढेको र खुद ब्याज आम्दानी तथा सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी ८.११ प्रतिशतले घटेर ११ करोड २१ लख १६ हजार रुपैयाँमा आएको छ । सञ्चालन आम्दानी ३४.६८ प्रतिशतले घटेर ६ करोड ४६ लाख ६९ हजार रुपैयाँ सीमित भएको छ ।

गत वर्ष ४१ लख ७४ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष २ करोड ६० लाख रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ ३७ पैसाले घटेर ९ रुपैयाँ ३६ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ २९ पैसा छ । यसअवधिमा यसको चुक्ता पुँजी ९४ करोड ४३ लाख रुपैयाँ छ ।

प्रकाशित मिति : ६ माघ २०८१, आईतवार ११:३७