नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पाँचपोखरीको अध्यक्षमा जितमान दोङ
५ माघ, काठमाडाैँ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पाँचपोखरी गाउँ समितिको तेस्रो पालिका अधिवेशन शनिबार सम्पन्न भएको छ ।
जितमान दोङको अध्यक्षतामा १४ सदस्यीय गाउँ कार्यसमिति गठन गर्दै अधिवेशन सम्पन्न भएको हो । संगठनका बागमती प्रदेश कमिटी अध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

संगठनको उपाध्यक्षमा सरला श्रेष्ठ र दमि सिंगि लामा , सचिवमा दिपक चौलागाईं लामिछाने, सहसचिवमा सुन्तलीमाया श्रेष्ठ कोषाध्यक्षमा दिपक खडका र सहकोषाध्यक्षमा नानु तामाङ लगायत सदस्यहरू निर्वाचित हुनुभएको छ।
प्रकाशित मिति : ५ माघ २०८१, शनिबार २२:४७












