१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

प्रदेश ३ को राजधानी हेटौंडाबाट सर्दैनः प्रचण्ड


७ चैत, हेटौँडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश ३ को राजधानी हेटौंडाबाट नसर्ने बताएका छन ।

बुधबार बिहान प्रेस सेन्टर मकवानपुरले हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले हेटौंडाबाट प्रदेश राजधानी अन्यत्र सार्ने कुरा हल्लामात्र भएको बताए ।

प्रदेशको राजधानी सर्छ भनेर प्रचारबाजी गर्नु गलत भएको बताए । उनले नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता सहज ढंगले अगाडि बढीरहेको बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार ११:५८