विश्वमणिसहित केही पत्रकार प्रेस चाैतारीमा, समाजवादी प्रेस संगठन ‘कोल्याप्स’ हान्ने नीति
४ माघ, काठमाडाैँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको जनवर्गीय संगठन समाजवादी प्रेस संगठनका निर्वाचित अध्यक्ष पत्रकार विश्वमणि सुवेदीसहितका केही पत्रकार नेता नेकपा एमाले निकटको जनवर्गिय संगठन प्रेस चाैतारी नेपालमा समाहित भएका छन ।
शुक्रबार बागबजारको होटल हार्दिकमा भएको एउटा कार्यक्रममा समाजवादी प्रेस संगठन ‘कोल्याप्स’ पार्ने नीतिसहित सो संगठनका वर्तमान समितिका अध्यक्ष र महासचिवसहित सबैजसो पदाधिकारी प्रेस चाैतारीमा फर्किएको घोषणा गरिएको छ । कतिपय पत्रकार नेताले फर्किने अभियानमा मुखै देखाउन नचाहे पनि उनीहर पनि चाैतारीमा समाहित भएको जानकारी गराइएको छ ।
शुक्रबार एमाले महासचिव शंकर पोखरेलले चाैतारीमा फर्किन चाहेका पत्रकार नेताहरूलाई खादा र मालाले स्वगत गर्नुभयो । सो अवसरमा अध्यक्ष विश्वमणि सुवेदी, उपाध्यक्ष नरेन्द्र साउद, सचिव नपोलियन चेपाङ लगायत उपस्थिति हुनुभएको थियो । कतिपय त्यहाँ उपस्थित नभएका पत्रकार नेता पनि चाैतारीमा फर्किएको बताइएको छ । त्यसरी फर्कनुभएकोमा महासचिव रामकुमार एलन हुनुहुन्छ ।

सुवेदी र एलनको टिमले समाजवादी प्रेस संगठनमा चुनाव जित्दा नै माधवकुमार नेपाल असन्तुष्ट हुनुहुन्थ्यो । उहाँहरूले नेपालले समर्थन गरेका उम्मेदबारलाइ धुलो चटाउनुभएको थियो ।
सो अवसरमा एमाले महाचिव पोखरेलले एमालेले ढोका खोलिदिने हो भने माधवकुमार नेपाल सबैभन्दा पहिले पार्टी प्रवेश गर्ने बताउनुभयो । १५ वर्ष पार्टीको मूल नेतृत्व सम्हालेका नेपालले एमालेलाई विभाजन गराउन प्रमुख भूमिका खेलेकै कारण एमालेले प्रवेशको ढोका बन्द गरेको उल्लेख गर्दै महासचिव पोखरेलले समाजवादीका अन्य सबै नेता कार्यकर्तालाई स्वागत गर्न पार्टी तयार रहेको बताउनुभयो ।
‘एमाले छोडेर समाजवादीमा लागेका देशभरका नेता तथा कार्यकर्तालाई आफूले लामो समय योगदान गरेको पुरानो घर (एमाले)मा फर्किन म आब्हान गर्दछु’, स्वागत कार्यक्रमलाई संवोधन गर्दै महासचिव पोखरेलले भप्नुभयो, ‘ठूलो भाग खोज्ने माधव नेपालले अहिले आफ्नो हैसियत देख्नु भएको छ । अब उहाँले जति नै रोइकराइ गरेपनि देशभरका नेता कार्यकर्ताको एमाले प्रवेश गर्न लहरलाई रोक्न सक्नुहुन्न ।’
एमाले भित्र मत राख्न पाइदैन, बहस गर्न पाइदैन भन्ने भाष्य बनाएर गएका माधव नेपालले समाजवादी प्रेस संगठनका अध्यक्षलाई २४ घण्टे अल्टीमेटम सार्वजनिक गराएर प्रेस चौतारी प्रवेश गर्ने वातावरण बनाएको उल्लेख गर्नुभएका महासचिव पोखरेलले एमाले भित्र निर्णय प्रक्रियामा यथेष्ट बहस गर्ने, अभिमत राख्ने र छलफल गर्ने संगठनात्मक सिद्धान्त कायम रहेको उल्लेख गर्नुभयो ।
पार्टीका पूर्व उपाध्यक्ष डा. भिम रावल आफै एमालेमा रहन नचाहेका कारण पछिल्लो परिस्थिती सृजना भएको बताउनु भएका महासचिव पोखरेलले भन्नुभयो, ‘पार्टीले निर्णय गर्नु भन्दा अघि आप्mना धारणा राख्ने हो । निर्णय भएपछि त्यसलाई कार्यान्वयनमा लैजाने हो तर उहाँ (डा. भिम रावल)ले स्थापित विधि भित्र नबसेर सँधै निर्णय र नेतृत्वको आलोचना मात्रै गर्नुभयो । पार्टी दिएको एक वर्षको समयलाई पनि वेवास्ता गर्नुभयो र अन्तमा आफैले एमाले नरहने वातावरण सृजना गर्नुभयो । यो वास्तविकता नबुझेका एमाले बिरोधीहरुले पार्टी भित्र अभिमत राख्न दिइदैन, छलफल हुदैन भन्ने भाष्य निर्माण गर्दै हिडिरहेका छन् ।’
‘हाम्रो पार्टी भित्र दुई पटक गम्भीर दुर्घटना भए । पटक १५ वर्ष पार्टीको नेतृत्व गरेका माधव नेपाल, तिन पटक पार्टी नेतृत्व सम्हालेका झलनाथ खनाल अलग्गीदा पनि छोटो अवधीमै समाजवादी नाङ्गीनु र २०५४ मा एमालेबाट अलग्गीएर बनेको वामदेव नेतृत्वको मालेको हालतले नेताहरु कुरा नमिल्दा फुट्नु पर्छ भनेपनि जनताले नस्विकारेको तत्थ्यलाई बिर्सनु हुदैन्’ उहाँले थप्नुभयो ।
कार्यक्रममा एमाले स्थायी कमिटि सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय अध्यक्ष, महासचिवसहितका नेताहरुको ठूलो टोली प्रेस चौतारीमा समाहित भएपछि माधव नेपालले नेतृत्व गरेको एकिकृत समाजवादीको औचित्य समाप्त भएको प्रमाणीत भएको बताउनुभयो । उहाँले केन्द्रीय अध्यक्षले नै संगठन छोडेपछि अब देशभर समाजवादी प्रेस संगठनका नेता कार्यकर्ता प्रेस चौतारीमा प्रवेश गर्ने ढोका खुलेको प्रतिक्रिया दिनुभयो ।
प्रेस चौतारीमा प्रवेश समाहित हुदैं समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणी सुवेदीले लामो समय बित्दा पनि माधव नेपालले एमाले फुटाउनुको औचित्य पुष्टि गर्न नसकेको दावी गर्दै समाजावादी छोडेर एमाले प्रवेश गर्नेको लहर देशभरी चल्ने दावी गर्नुभयो । एमालेमा बोल्नी दिइएन्, मत राख्न दिइएन भनेर प्रचार गर्न लगाउने माधव नेपालले आफूले सामान्य बीचार राख्दा २४ घण्टे स्पष्टी करण दिने भित्रभित्रै नेता कार्यकर्तालाई दबाएर राख्ने काम भएकै कारण पार्टी फष्टाउन नसकेको बताउनु भएका सुवेदीले देशभरका समाजवादी प्रेस संगठनमा रहेका नेताहरु चौतारीमा आबद्ध हुने ठोकुवा गर्नुभयो ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार १८:२९






