फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
२ माघ, काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगमलेबुधबार रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।
भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको जनाउँदै निगमलेपेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा ३/३ रुपैयाँ बढाएको विज्ञप्ति मार्फत जनाएको छ ।
नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ पर्छ ।डिजेल र मट्टितेल प्रतिलिटर १५६/१५६ रुपैयाँ पर्छ ।
प्रकाशित मिति : २ माघ २०८१, बुधबार २०:४५