नेकपा (एमाले)का केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ
१ माघ, काठमाडौं । अनेरास्ववियुको पूर्व अध्यक्ष समेत रहनुभएको नेकपा (एमाले)का केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ पर्नुभएको छ । भक्तपुरमा सोमबार पक्राउ पर्नुभएको मल्ललाई महानगरीय प्रहरीवृत्त महाराजगञ्जमा राखिएको छ ।
एमालेकै नेतासँगको लेनदेन विवादमा मल्ल पक्राउ परेको प्रहरीले जनाएको छ । उहाँलाई चेक अनादर सम्बन्धी कसुरमा पक्राउ गरिएको हो । २० लाख ५० हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि मल्लको विरूद्धमा प्रहरीमा उजुरी परेको थियो । त्यसपछि प्रहरीले पक्रािय पुर्याएर मल्ललाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार जाहेरीकर्ता र मल्लालाई सँगै राखेर छलफल गराउने तयारी भएकाले सहमति भएमा मल्ल आजै प्रहरीबाट मुक्त हुनुहुनेछ । युवा संघका एक केन्द्रीय सदस्यले मल्लाकोविरूद्धमा जाहेरी दिएका थिए । गुल्मी घर भएका ती नेता मल्लले नै संरक्षण गरेका व्यक्ति भएको बताइएको छ ।
प्रकाशित मिति : १ माघ २०८१, मंगलवार १२:५३