१ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

प्रहरीका २५ एसपी एसएसपीमा बढुवाः रामेश्वर थापाका भाइ पहिलो नम्बरमा, एमाले निल

२९ पुस, काठमाडौँ । नेपाल प्रहरीका २५जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन । बढुवा सिफारिस समितिले गरेको सिफरिस गृह मन्त्रालयले सोमबार राति प्रकाशित गरेको छ ।

बढुवा सिफारिसको एक नम्बरमा नेपाली कांग्रेस र नेकपा एमालेको वर्तमान सत्ता गठबन्धन बनाउन योगदान गर्नुभएको र सहमतिका लागि घर उपलब्ध गराउनुभएको व्यवसायी रामेश्वर थापाका भाइ रमेश थापा पर्नुभएको छ।

थापालाई प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकै सहमतिमा भावी प्रहरी प्रमुखको रूपमा अघि बढाइएको स्रोतले जनाएको छ । त्यस्तै २ नम्बरमा अजय केसी हुनुहुन्छ भने अन्तिममा प्रभुप्रसाद ढकाल रहनु भएको छ ।

२५ जना एसपी एसएसपीमा बढुवा सिफारिस हुँदा नेकपा एमाले पृष्ठभूमिका प्रहरी अधिकृतहरू शून्य भएका छन । एमाले पृष्ठभूमिका दुई जना अधिकृत बढुवा सिफारिसको प्रतिस्पर्धामा रहेको भए पनि उनीहरूलाई पछि पारिएको छ ।

एमाले निकटका मन्त्रीले नेतृत्व गरेको मन्त्रालयमा हुने नियुक्ति र सरूवा बढुवामा पुरै कांग्रेस एमालेको भागवण्डा चले पनि कांग्रेसले नेतृत्व गरेको मन्त्रालय अन्तर्गतका निकायमा हुने सरूवा र बढुवामा एमाले निकटका भनिएकाहरू अन्यायमा परेका छन । यद्यपी प्रधानमन्त्री कार्यालयले यता ध्यान पुर्याउन सकेको छैन ।

अहिले प्रधानमन्त्री कार्यालयको मुख्य ध्यान केही आइटी कम्पनी मार्फत विदेशमा पुँजी पलायन गराउने र एम्बिसन गुरू भन्ने एउटा लर्निङ एप सबै स्थानीय तहमा अनिवार्य गराउनेमा रहेको छ । यसका लागि अस्गर अलीले बिना तलब नै प्रधानमन्त्रीलाई सल्लाह दिँदै अाउनुभएको छ ।

प्रकाशित मिति : २९ पुष २०८१, सोमबार २३:२४