२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

आज पनि घट्यो सेयर बजार, ६ अर्ब ६५ करोडको कारोबार

२९ पुस, काठमाडौँ । सेयर बजार आज पनि घटेको छ । आज सेयर बजार नेप्से परिसूचक १५ दशलमव ५४ अंकले घटेर २,५९४ को विन्दुमा कायम भएको छ । आज ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७५ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ३२२ कम्पनीको १ करोड ३८ लाख ७० हजार ५७९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६५ करोड माथिको सेयर कारोबार भएको छ ।

सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यस कम्पनीको ४५ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, न्यादी हाइड्रोको २८ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन पावर पाटर्नरको १५ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन सबैभन्दा धेरै बराही हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, सुपर मादीका लगानीकर्ताले ८ दशलमव ८७ प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशलमव ८१ प्रतिशतका दरले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ८ दशलमव ४१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : 15:17