रवि लामिछाने फेरि प्रहरी हिरासतमा, जेल चलानको टुंगो केही दिनमा लाग्ने
२८ पुस, काठमाडौँ । सहकारी ठगीको मुद्दामा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने फेरि प्रहरी हिरसातमा पुगेका छन । जिल्ला अदालत काठमाडौँमा स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा वयानका लागि आइतबार बिहान ९ बजेर १५ मिनेटमा अदालतमा उपस्थित भएका लामिछानेलाई महानगरीय प्रहरी परिसर काठमाडौँमा हिरासतमा पठाइएको छ ।
अब थुनछेक बहस नकसिदासम्म लामिछाने हिरासतमै रहनेछन । बहस सकिएपछि न्यायाधीशको आदेश अनुसार उनको बस्ने ठाउँको टुंगो लाग्नेछ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको थियो । रविलाई आइतबार भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिने भएको छ । अब भोलि बिहान ११ बजेबाट थुनछेक बहस हुनेछ ।
प्रकाशित मिति : २८ पुष २०८१, आईतवार १७:१८