अनलाइन जुवा खेलाउने ५३ जना पक्राउ
२३ पुस, काठमाडौँ । अनलाइन जुवा खेलाउने ५३ जना पक्राउ परेका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मंगलबार बिहान ललितपुरको सातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाइरहेको अभियोगमा पक्राउ गरेको हो ।
ब्युरोका प्रवक्ता एसपी होबिन्द्र बोगटीका अनुसार उनीहरूमाथि अनुसन्धान भैरहेको र आजै अदालतमा पेश गरेर म्याद थप गरी थप अनुसन्धान गरिने छ । ‘अनलाइन क्यासिनो’ खेलाएको अभियोगमा उनीहरूमाथि थप अनुसन्धान भैरहेको छ । प्रहरीले ८५ वटा ल्यापटप र ८२ थान मोबाइल फोन पनि बरामद गरेको छ ।
प्रकाशित मिति : २३ पुष २०८१, मंगलवार ११:५४