२२ पुष २०८१, सोमबार | Tue Jan 7 2025

सर्वेन्द्र खनालद्धारा एमाले छाडेको घोषणा

२१ पुस, काठमाडौँ । नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनालले एमाले छाडेको घोषणा गर्नुभएको छ । उहाँले आइतबार बिहान सामाजिक सञ्जाल मार्फत् आफूले स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको उल्लेख गर्नुभएको छ ।

खनालले लेख्नुभएको  छ, ‘हजुरहरू मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध छैन, म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकूल सधैं सक्दो कार्यहरू गरिरहने छु ।’

खनाल २०७९ असोज ६ गते एमाले प्रवेश गर्नुभएको थियो । त्यसपछि मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेको तर्फबाट काठमाडौँ क्षेत्र नं। ६ बाट उम्मेदवारी दिनुभएको थियो ।

उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार शिशिर खनाल १४ हजार २०४ मत ल्याएर निर्वाचित हुनुभयो भने खनालले ८ हजार ९११ प्राप्त गरेर पराजित हुनुभएको थियो ।

यस्तै, २०८० वैशाखमा भएको उपनिर्वाचनमा खनालले एमालेको तर्फबाट तनहुँ(१ मा उम्मेदवारी दिनुभयो । तनहुँ(१ मा पनि रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेसँग खनाल पराजित बन्नुभयो ।

वाग्लेले ३४ हजार ९१९ मत ल्याउँदा खनाल ८ हजार ४८८ मत ल्याए। तेस्रो हुनुभयो । खनालले २०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको नेतृत्व गर्नुभएको थियो ।

प्रकाशित मिति : २१ पुष २०८१, आईतवार ०९:२६