१४ मंसिर २०८१, शुक्रबार | Sat Nov 30 2024

कांग्रेसले मुलुकभर मेलमिलाप दिवस मनाउँदै, कुन नेताले कहाँ सम्बोधन गर्दैछन ? (सूचीसहित)

१६ पुस, काठमाडाैँ । नेपाली काङ्ग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिन पुस १६ गतेलाई हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।

यसै सन्दर्भमा काङ्ग्रेसले आज मुलुकभर आमसभा, गोष्ठी, र्याली, कोणसभालगायतका कार्यक्रम गरी मेलमिलाप दिवस भव्यरुपमा मनाउन लागेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्कनुभएको थियो ।

गत मङ्सिर २८ देखि यही पुस ८ गतेसम्म भएको पार्टीको महासमिति बैठकमा समेत शीर्ष नेताले ४३ औँ मेलमिलाप दिवस पार्टी सङ्गठन सुदृढीकरणको नयाँ अभियानका साथ मनाउने घोषणा गर्नुभएको थियो । काङ्ग्रेसले दिवसका अवसरमा व्यापक र बृहत् कार्यक्रम गरी मनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि समेत खटाएको छ ।

दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्कनुभएका काङ्ग्रेस नेता बिपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राख्नुभएको थियो ।

तत्कालीन अवस्थामा नेपालको सार्वभौमसत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्कनुभएका बिपीलगायत नेतालाई तत्कालीन सरकारले मेलमिलाप त परै जाओस् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरी तत्कालीन सुन्दरीजल बन्दीगृहमा ल्याई बन्दी बनाएका थिए ।

राजा महेन्द्रले २०१७ सालमा नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री बिपी कोइरालालगायत काङ्ग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए ।

नेपालमा केही समय जेल जीवन बिताइसकेपछि २०२५ सालमा भारत प्रवासमा जानुभएका नेताहरू राष्ट्रियतामाथि खतरा आएको भन्दै आठ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर स्वदेश फर्किनुभएको थियो ।

प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गर्नुभएका जननायक बिपी कोइराला कुनै दल विशेषको मात्र नभई मुलुककै राजनेताका रूपमा चिनिनुुहुन्छ । राजनीति मात्र होइन नेपाली साहित्यमा पनि छुट्टै पहिचान बनाउनुभएका बिपीका साहित्य सन्देशले समाज परिवर्तनमा ठूलो सहयोग पु¥याएको छ । नेपालमा बिपीले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सार्नुभएको दृष्टिकोण अद्यपि सान्दर्भिक र अपरिहार्य छ ।

काङ्ग्रेसले आज केन्द्रीय कार्यालय र सबै जिल्ला तथा विदेशस्थित जनसम्पर्क कार्यालयमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै काङ्ग्रेसले ४३ वर्षअघि अवलम्बन गरेको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ ।

कांग्रेसले अाज ७७ जिल्लामै मेलमिलाप दिउँद मनाउँदै छ । दिवस मनाउन कांग्रेसले केन्द्रीय प्रतिनिधि समेत तोकेको छ । जसअनुसार

–ताप्लेजुङ सुजाता परियार
–पाँचथर डा. डिला संग्रौला
–इलाम महेन्द्र यादव
–झापा कृष्णप्रसाद सिटौला
–संखुवासभा मानबहादुर विश्वकर्मा
–तेह्रथुम भीष्मराज आङ्दम्वे
–भोजपुर अमृत अर्याल
–धनकुटा सरिता प्रसाई
–मोरङ डा. प्रकाशशरण महत
–सुनसरी महेश आचार्य
–सोलुखुम्बु कल्याणकुमार गुरुङ
–खोटाङ केशवकुमार बुढाथोकी
–ओखलढुंगा बलबहादुर के.सी.
–उदयपुर आनन्दप्रसाद ढुंगाना
–सप्तरी डा मिनेन्द्र रिजाल
–सिरहा विमलेन्द्र निधि
–दोलखा किशोरसिंह राठौर
–रामेछाप किरण यादव
–सिन्धुली पुष्पा भुसाल
–धनुषा धनराज गुरुङ
–महोत्तरी सीतादेवी यादव
–सर्लाही डा शेखर कोइराला
–रसुवा शिवप्रसाद हुमागाँई
–धादिङ डा. रामशरण महत
–नुवाकोट रमेश रिजाल
–काठमाडौं शेरबहादुर देउवा
संयोजन—ध्यानगोविन्द रञ्जित
–भक्तपुर ईश्वरी न्यौपाने
–ललितपुर उमाकान्त चौधरी
–काभ्रे अर्जुननरसिंह के.सी.
–सिन्धुपाल्चोक अम्बिका बस्नेत
–मकवानपुर गुरूराज घिमिरे
–रौतहट फर्मूल्लाह मंसुर
–बारा महालक्ष्मी उपाध्याय ‘डिना’
–पर्सा प्रकाशमान सिंह
–चितवन ज्ञानेन्द्रबहादुर कार्की
–गोरखा रामचन्द्र पौडेल
–मनाङ सिता गुरुङ
–लम्जुङ शंकर भण्डारी
–कास्की पूर्णबहादुर खड्का
–तनहुँ कमला पन्त
–स्याङजा अर्जुनप्रसाद जोशी
–गुल्मी रामकृष्ण यादव
–पाल्पा डा। नारायण खड्का
–अर्घाखाँची देवेन्द्रराज कँडेल
–नवलपुर सुरेन्द्रराज पाण्डे
–नवलपरासी दिलबहादुर घर्ती
–रुपन्देही गोपालमान श्रेष्ठ
–कपिलवस्तु बालकृष्ण खाँण
–मुस्ताङ चित्रलेखा यादव
–म्याग्दी जीवन परियार
–बाग्लुङ हरिप्रसाद नेपाल
–पर्वत दिपक गिरी
–रूकुम पूर्व बालकृष्ण पाण्डे
–रूकुम पश्चिम शिला शर्मा खड्का
–रोल्पा बीरबहादुर बलायर
–प्यूठान रत्न शेरचन
–सल्यान पार्वता डी सी चौधरी
–दाङ मोहनबहादुर बस्नेत
–डोल्पा जीवनबहादुर शाही
–मुगु हसन अन्सारी
–जुम्ला गगनकुमार थापा
–कालिकोट लक्ष्मी परियार
–हुम्ला बहादुर सिंह लामा तामाङ
–जाजरकोट प्रदीप पौडेल
–दैलेख गोविन्द भट्टराई
–सुर्खेत श्यामकुमार घिमिरे
–बाँके मीन विश्वकर्मा
–वर्दिया डा चन्द्र भण्डारी
–बाजुरा दिलेन्द्रप्रसाद बडू
–अछाम हृदयराम थानी
–बझाङ आनन्द (गोरख) विष्ट
–डोटी नविन्द्रराज जोशी
–कैलाली रमेश लेखक
–दार्चुला बद्रीप्रसाद पाण्डे
–बैतडी अतहर कमाल मुसलमान
–डडेल्धुरा एन।पी। साउँद
–कञ्चनपुर अजयकुमार चौरसिया रहेका छन ।

प्रकाशित मिति : १६ पुष २०७५, सोमबार ११:१२