एमाले सचिवालय बैठक जारी
१८ पुस, काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ । बैठकमा केन्द्रीय कमिटी बैठकका एजेन्डाका विषयमा छलफल भइरहेको जनाइएको छ । केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल भइरहेको छ ।
एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि बस्दैछ । पार्टीका तीन नेतामाथि भएको कारबाहीपछि बस्न लागेको बैठकलाई महत्वका साथ हेरिएको छ ।
प्रकाशित मिति : १८ पुष २०८१, बिहीबार १५:११