प्रधानमन्त्री ओली जापान गएपछि जापानी प्रधानमन्त्री आवे नेपाल आउने, भ्रमणको तयारी सुरू
१६ पुस, काठमाडौँ । दुई दशकपछि नेपालका प्रधानमन्त्री जापान भ्रमणमा जाने भएका छन । नेपालको विकासको सबैभन्दा ठूलो अर्थात प्रमुख साझेदार देश जपानमा दुई दशकपछि प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण हुन लागेको हो । गणतन्त्र स्थापनापछि जापान जाने पहिलो प्रधानमन्त्री ओली हुनेछन ।
प्रधानमन्त्री ओली जापान गएपछि त्यसको केही महिनामै जापानका प्रधानमन्त्री सिन्जो आवे नेपाल आउने गरी भ्रमणको तयारी भैरहेको छ । यद्यपी प्रधानमन्त्री ओलीले जापान भ्रमण गर्न कम्तिमा ६ मिहना लाग्ने छ । जापानमा नयाँ सम्राटको गद्दी आरोहण पछिमात्रै भ्रमण गराउने विषयमा छलफल चलेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
नेपालले भरपर्दो र विश्वासिलो विकास साझेदारू जापानसँग भएको सम्बन्धलार्इ उच्चस्तरमा विकास गर्न खोजेको छ । त्यसो त जापानले पनि नेपाली कामदारलार्इ जापान लैजानका लागि सम्बन्धलार्इ अझै बलियो बनाउन चाहेको छ ।
प्रधानमन्त्री ओलीको जापान भ्रमण र नेपाली कामदार लैजाने विषयमा छलफल गर्ने गरी जापानी विदेशमन्त्री तारो कोनो आगामी साता काठमाडौँ आउँदै छन । दुई दिने नेपाल भ्रमणका लागि पुस २५ मा जापान आइपुग्ने विदेशमन्त्री कोनोले राष्ट्रपति, प्रधानमन्त्री र समकक्षी प्रदीप ज्ञवालीसँग भेटवार्ता गर्दैछन । यसअघि मंसिर पहिलो साता परराष्ट्रमन्त्री ज्ञवाली जापान भ्रमण गरेर फर्किएका थिए ।
प्रकाशित मिति : १६ पुष २०७५, सोमबार १०:३३