२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

नेप्सेमा ८२ लाख ५४ हजार कित्ता बोनस सेयर सूचीकृत

१७ पुस, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधवार सिटिजन बैंक र हाथवे इन्भेष्टमेन्ट नेपालको ८२ लाख ५४ हजार बोनस सेयर सूचीकृत भएको हो ।

सिटिजन बैंकको ४ प्रतिशत बापतको ५६ लाख ८० हजार ३८९ कित्ता र हाथवे नेपालको २५ लाख ७४ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हाे ।

उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

प्रकाशित मिति : 16:55