माओवादी नेताले जग्गा कब्जा गरेको शेरा दरबारमा रजमानले गाडेको त्यो झण्डा…
१७ पुस, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता रजमान तामाङले नुवाकोटको शेरा दरबारको १८४ रोपनी जग्गा संरक्षणका लागि आफूले तत्कालीन समयमा पार्टीको झण्डा गडेको बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निकट रहेका उहाँकै पूर्व स्वकीय सचिव विकेश श्रेष्ठले विभिन्न कम्पनीको नाम गर्दै जग्गा प्लटिङ गरेर बेच्ने तयारी गरिरहेको समयमा सरकारले रोकेपछि यो विषय बाहिर आएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जग्गाका बारेमा अनुसन्धान गरेर १६४ रोपनी जग्गा तत्काल सरकारको नाममा ल्याउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सिफारिस समेत गरिसकेको छ ।
बुधबार दैनिकीसँग कुरा गर्दै माओवादी नेता तामाङले केही व्यक्तिले गरेको बदमासीको जिम्मा पार्टीले लिन नसक्ने बताउनुभयो । उहाँले तत्कालीन अवस्थामा आफूहरूले कोही व्यक्तिको नाममा जग्गा पुर्याउन नभइ जग्गा संरक्षणमा दबाब दिन पार्टीको झण्डा गाडिएको बताउनुभयो ।
सशस्त्र द्धन्द्धको समयमा माओवादीले दरबारमा बम हानेर ध्वस्त पारेको थियो । नेपाल एकीकरणमा पिता मानिएका पृथ्वीनारायण शाहले शितकालमा बस्नका लागि उक्त दरबार निर्माण गरेको इतिहासकारहरूले बताएका छन । झण्डा गाडिएको विषयमा रजमान तामाङसँग गरिएको कुराकानी तल हेर्न र सुन्न सक्नुहुन्छ ।
प्रकाशित मिति : १७ पुष २०८१, बुधबार १२:५६