एकाबिहानै भूकम्पको शक्तिशाली धक्का, किन गइरहेछ निरन्तर भूकम्प ?
१६ पुस, काठमाडौँ । केहीबेर अघि बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ । पछिल्लो समय सुदुरपश्चिम र मध्यपश्चिममा निरन्तर भूकम्पको धक्काहरू महशुष भैरहेको छ । मंगलबार बिहान ७ बजेर ७५ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
४ दशमलब ६ म्याग्निच्यूडको भूकम्प बैतडीको सिगासको नवघर केन्द्रविन्दु भएको र क्षतिको कुनै विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । भूकम्पको धक्का आसपासको जिल्लामा समेत महशुष गरिएको थियो । भूकम्प सुरक्षाविद्हरूले यसअघि देखि नै कर्णाली र सुदुरपश्चिम भूकम्पको उच्च जोखिममा रहेको बताउँदै आएका छन ।
प्रकाशित मिति : १६ पुष २०८१, मंगलवार ०८:४१