मबाट शेरा दरबारको जग्गा हिनामिना गर्नेको संरक्षण हुँदैनः मेयर श्रेष्ठ
१५ पुस, नुवाकोट । विदुर नगरपालिकाका मेयर राजनलाल श्रेष्ठले शेरा दरबारको जग्गा हिनामिनामा संलग्नहरूको संरक्षणमा आफू नलाग्ने बताउनुभएको छ । कांग्रेस नेता ध्रुवलाल श्रेष्ठसहितको संलग्नताको विषयमा मेयरसँग जोडिएर आएका समाचारमा ध्यानाकर्षण भएको जनाउँदै उहाँले सरकारी जग्गा संरक्षणमा आफ्नो मुख्य ध्यान रहेको र राज्यका अन्य निकाले गर्ने अनुसन्धान र कारबाहीमा आफ्नो साथ सहयोग रहने बताउनुभयो ।
मेयर श्रेष्ठले दैनिकीसँगको कुराकानी आफू गलत काममा अहिलेसम्म नलागेको र अब पनि नलाग्ने बताउनुभयो । उहाँले शेरा दरबारको जग्गा सरकारको नाममा ल्याउने प्रकियामा विदुर नगरपालिकाको पूर्ण साथ र समर्थन रहने बताउनुभयो ।
नुवाकोट मालपोत कार्यालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पठाएको शेरा दरबारको जग्गा सम्बन्धी विवरण यस्तो रहेको छ
प्रस्तुत विषयमा ताहाँ विभागको प.सं. ०८१/०८२ ज.प्र. ५/४/३१९ च.नं. १४३७ मिति २०८१/०८/०९ गतेको पत्र प्राप्त भई व्यहोरा अवगत भयो। सो सम्बन्धमा नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं. २ स्थित पृथ्वीनारायण शाहको शीतकालीन दरबार भनेर चिनिने शेरा दरबार र सो दरबारने चर्चेको जग्गा गौरीशंकर फार्मिङ प्रा.लि.को नाममा दर्ता स्रेस्ता कायम भएको नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं. २ साबिक भैरवी गा.वि.स. वडा नं. ७ को कित्ता नं. ८२ को क्षेत्रफल २–१–२–०, कि.नं. ८३ को क्षेत्रफल २२–५–३–०, कि.नं. ८४ को क्षेत्रफल ३–०–१–३, कि.नं. ८७ को क्षेत्रफल ६–५–३–२, कि.नं. ८८ को क्षेत्रफल ६–१३–०–१, कि.नं. ८९ को क्षेत्रफल २–१–२–०, कि.नं.९० को क्षेत्रफल ०–८–३–१, कि.नं. ९२ को क्षेत्रफल ६–५–१–०, कि.नं. ९३ को क्षेत्रफल २–६–२–०, कि.नं. ९४ को क्षेत्रफल ६४–१५–०–०, कि.नं. ९५ को क्षेत्रफल ९–९–३–३, कि.नं. ९७ को क्षेत्रफल ५२–५–०–० र कि.नं. ९८ को क्षेत्रफल ३–१५–३–०, जग्गा नापजाँच ऐन २०१९ (नापीको पालामा) मिति २०३६/०५/२९ मा गौरीशंकर फार्मिङ प्रा.लि.को नाममा कुल क्षेत्रफल १६४–१३–३–० दर्ता देखिएको माथि उल्लिखित जग्गा मिति २०४४/०३/११ को निर्णयानुसार गौरीशंकर फार्मिङ प्रा.लि.बाट नाम संशोधन गरी अन्नपूर्ण फार्मिङ प्रा.लि.को नाममा हालसम्म कायम देखिन्छ।
भूमि सुधार तथा व्यवस्थापन विभागको च.नं. ४५१ मिति २०७२/०५/१६ को पत्रबाट हदबन्दी विवरण माग भएको र मालपोत कार्यालय नुवाकोटको च.नं. ४२४२ मिति २०७३/०२/२५ गतेको पत्रबाट जग्गाधनी तथा संस्थाहरूको हदबन्दीभन्दा बढी जग्गा भएको विवरणमा अन्नपूर्ण फार्मिङ प्रा.लि. समेतको विवरण पठाइएको छ। साथै कम्पनीको हदबन्दी छानबिनका लागि रोक्का राखिएको यस कार्यालयको अभिलेखमा देखिन्छ। उक्त कम्पनीले हदबन्दी छुट लिएको छैन।
नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं. २ साबिक भैरवी गा.वि.स. वडा नं. ७ को कित्ता नं. ७९ को क्षेत्रफल १०–१०–०–० र कि.नं. ८० को क्षेत्रफल २–३–१–२ को जग्गा श्री ५ अधिराजकुमारी हेलेन शाहको नाममा र कित्ता नं. ८१ को क्षेत्रफल ६–९–१–२ को जग्गा श्री ५ शाहज्यादी जयन्ती शाहको नाममा मिति २०४३ /०६/१३ गते जग्गा दर्ता निर्णयले दर्ता देखिन्छ। कि.नं. ७९. कि.नं. ८०, कि.नं. ८१ को जग्गा र.नं. १०१ र र.नं. ९०२ मिति २०५३/०९/०७ गलेको बकसपत्रबमोजिम कमलादेवी श्रेष्ठ–१, केदारनाथ श्रेष्ठ–१ र सजनी श्रेष्ठ–१ को नाममा गएको र र.नं. २४६ मिति २०६६/०४/२५ गतेको राजीनामाले कि.नं. ७९, कि.नं. ८० कि.नं. ८१ को जग्गा शिला श्रेष्ठ र रजनी श्रेष्ठलाई गएको र र.नं. २३३८ मिति २०७६/०६/२९ गते राजीनामाले शिला श्रेष्ठको हकहिस्सा वर्षा बस्नेतलाई गएको र कि.नं. ८१ को जग्गा र.नं. ११२६ मिति २०८०/१०/१५ को रा.पा.ले कित्ताकाट भई कि.नं. १७५२ वसन्तबहादुर बस्नेत र कि.नं. १७५३ को रजनी श्रेष्ठ र र वर्ष बस्नेतको नाममा कि.नं. ७९, कि.नं. ८० र कि.नं. १७५३ को जग्गाधनी रजनी भी श्रेष्ठ र बस्नेतको नाममा कायम देखिन्छ। सो सम्बन्धमा कार्यालयको अभिलेख, स्थलगत सर्जमिनलगायत संकलन गरेको विवरण तपसिलबमोजिम रहेको व्यहोरा अनुरोध छ।
–नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं. २ साबिक भैरवी गा.वि.स. वडा नं. ७ को कित्ता नं. ८२, ८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५, ९७ र ९८ जग्गा मिति २०३६/०५/२९ गते गौरीशंकर फार्मिङ प्रा.लि.को नाममा दर्ता स्रेस्ता कायम भएको र मिति २०४४/०३/११ गते को निर्णयानुसार अन्नपूर्ण फार्मिङ प्रा.लि.को हालसम्म कायम जग्गाधनी दर्ता स्रेस्ताको प्रमाणित प्रतिलिपि यसै पत्र साथ संलग्न छ।
–गौरीशंकर फार्मिङ प्रा.लि.को नाममा दर्ता स्रेस्ता कायम रहेको जग्गाको मिति २०४४/०३/११ गते को निर्णयानुसार अन्नपूर्ण फार्मिङ प्रा.लि.को नाम संशोधन मिसिल प्रमाणित प्रतिलिपि यसै पत्र साथ संलग्न छ।
–नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं. २ साबिक भैरवी गा.वि.स. वडा नं. ७ को कित्ता नं. ८१ को जग्गा श्री ५ शाहज्यादी जयन्ती शाहको नाममा र कित्ता नं. ७९ र ८० को जग्गा श्री ५ अधिराजकुमारी हेलेन शाहको नाममा मिति २०४३/०६/१३ गते जग्गा दर्ता निर्णयले गरी र.नं. ९०१ र ९०२ मिति २०५३/०९/०७ गतेको बकसपत्रबमोजिम कमलादेवी श्रेष्ठ, केदारनाथ श्रेष्ठ र सजनी श्रेष्ठको नाममा गएको र र.नं. २४६ मिति २०६६/०४/२५ गतेको राजीनामाले शिला श्रेष्ठ र रजनी श्रेष्ठलाई गएको र र.नं. २३३८ मिति २०७६/०६/२९ गते राजीनामाले शिला श्रेष्ठको हकहिस्सा वर्षा बस्नेतलाई गएको। कि.नं. ८१ र.नं. ११२६ मिति २०८०/१०/१५ को रा.पा.ले कित्ताकाट भई कि.नं. १७५२ र १७५३ को जग्गाधनी स्रेस्ता प्रमाणित प्रतिलिपि र बकस पत्र र राजीनामा लिखतको प्रमाणित प्रतिलिपि यसै पत्रसाथ संलग्न छ।
–स्थलगत सर्जिमिन मुचुल्का पाना ५ मिति २०८१/०८/१७ गते गरिएको।
–नापी कार्यालय, नुवाकोटबाट साबिक भैरवी गा.वि.स. वडा नं. ७ को कित्ता नं ८२ समेतको जग्गाको नक्सा धान १, फिल्डबुक पाना ४ तथा प्लट रजिस्टर उतार गरी पठाइएको व्यहोरा अनुरोध छ।
यो पनि पढ्नुहोस्
नुवाकोटको शेरा दरबार प्रकरण: थप अनुसन्धान र कारबाहीका लागि सिआईबीलाई पत्र
शेरा दरबारको जग्गामा गृहमन्त्रीको पनि चासो, दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन
नुवाकोटको शेरा दरबारको जग्गा फिर्ता ल्याउन सरकारलाई सिआईबीको सिफारिस
नुवाकोटको शेरा दरबारको जग्गा हिनामिना गर्ने माथि अख्तियारले थप अनुसन्धान र कारबाही गर्ने
नुवाकोटको शेरा दरबारको १८४ रोपनी जग्गा कम्पनी हुँदै यसरी पुग्यो व्यक्तिको कब्जामा
प्रकाशित मिति : १५ पुष २०८१, सोमबार १०:१४