प्रतिनिधि सभा सचिवमा हर्कराज राई सिफारिस
१४ पुस, काठमाडाैँ । प्रतिनिधि सभा सचिवमा हर्कराज राई सिफारिस हुनभएकाे छ। झापाको शिवसताक्षी गाउँपालिका वडा नम्बर २ का राईलाई सभामुख देवराज घिमिरेले आइतबार प्रतिनिधि सभा सचिवमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नुभएकाे हाे ।
राई अहिले भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालका सल्लाहकार हुनुहुन्छ । नेकपा (एमाले) निकट रहनुभएका राईलाई प्रतिनिधि सभा सचिव सुरेश अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा सिफारिस गरिएको सभामुख घिमिरेको सचिवालयले जनाएकाे छ।
गत मंसिर ९ गते अधिकारीले प्रतिनिधि सभा सचिव पदबाट दिएको राजीनामा स्वीकृत भएको थियो।
प्रकाशित मिति : १४ पुष २०८१, आईतवार १२:३९