केपी शर्मा ओलीले पञ्चको नक्कल गरेः उषाकिरण तिमल्सिना
१० पुस, काठमाडाैँ । नेकपा एमालेले जिम्मेवारी खोसेपछि पार्टी केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले नेतृत्वगणले पञ्चको नक्कल गरेको बताउनुभएको छ । बुधबार एमालेले ६ महिनाका लागि कारबाही गरेको समाचार बाहिरिएपछि तिमल्सिनाले नेतृत्वगणले पञ्चको नक्कल गरेको टिप्पणी गर्नुभएको छ ।
बुधबार नुवाकोटको शिवपुरी गाउँपालिकामा गाउँ अधिवेशनबाट निर्वाचित भएको कमिटीको सपथ ग्रहण गराएर काठमाडाैँ फर्किए लगत्तै सामाजिक सञ्जाल मार्फत टिप्पणी गर्दै उहाँले भन्नुभएको छ, ‘आजै पनि आफ्नो जिम्मेवारी भएको नुवाकोट निर्वाचन क्षेत्र नं.१ अन्तरगत शिबपुरी गाँउपालिका कमिटीको सपथ ग्रहण कार्यक्रम थियो । उक्त कार्र्यक्रम सकेर भर्खर घर आईपुगेँको छु । तल्लो तहका आम कार्यकर्ता, तिनको लगाब, मेहनत र चासोको अगाध माया लाग्छ । यता ६ महिना निलम्बनको निर्णय भएछ । पञ्चायतबिरुद्द लडेर आउनु भएको नेतृतवगणले पंचकै नक्कल नगर्नु भएको भए हुन्थ्यो ।’
प्रकाशित मिति : १० पुष २०८१, बुधबार २०:१४