१० पुष २०८१, बुधबार | Wed Dec 25 2024

भीम रावल एमालेबाट गलत्याइदै, विन्दा र उषाको के होला ?

१० पुस, काठमाडाैँ । सत्तारूढ पार्टी  नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । बैठकको मुख्य एजेण्डामा तीन नेतामाथिको कारबाहीको विषय समेत रहेको दैनिकीको सम्पर्कमा रहेका एक जना सचिलवालय सदस्यले जानकारी दिए । धेरै लामो समयपछि कारागारमा रहेका निलम्बित सचिव टोपबहादुर रायमाझी बाहेकका सबै सचिवालय सदस्य आजको बैठकमा उपस्थित रहेका छन ।

आजको बैठकबाट पूर्व उपाध्यक्ष समेत रहनुभएका डा भीमबहादुर रावललाइ संगठीत सदस्य समेत नरहनेगरी गलत्याइने सम्भावना रहेको ती नेताले बताए । ती नेताका अनुसार पार्टीले एकै पटक स्पष्टिकरण सोधेका स्थायी कमिटी सदस्य डा विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिना माथि भने अलि फरक खालको कारबाही हुने बताए । यद्यपी त्यो कारबाही कस्तो हुने भन्नेबारेमा उनले बताएनन् ।

व्यवासायी  मीनबहादुर गुरूङले एमालेका लागि दिने चन्दाका बारेमा प्रश्न गर्ने नेताहरूलाई गत कात्तिक ४ गते बसेको सचिवालय बैठकले स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । चन्दाको विषयमा फरक मत राखेको भन्दै एमालेले पहिलो चरणमा तीन नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो।

एमालेले दानमा भवन निर्माण गर्ने विषयमा पार्टीको निर्णयविरुद्ध उभिएको भन्दै पूर्व उपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । पछि कार्यालयको उपहार प्रकरण सर्वोच्च अदातल पुगेपछि एमालेले कारबाहीको डण्डा तत्काल नचलाउने तर भविष्यका लागि फाइल खडा गरेर राखेको थियो ।

dainiki.com

एमालेले कात्तिक ४ मा गरेको निर्णय अनुसार पूर्व उपाध्यक्ष रावलले स्पष्टिकरणको जवाफ नै दिनुभएन । पाण्डे र तिमल्सिनाले मात्रै जवाफ दनुभयो । पाण्डे र तिमल्सिना माथि जे विषयमा प्रश्न गरिएको थियो त्यो विषय सर्वोच्च अदालत एमालेलाइ नै प्रश्न गरेपछि यो विषयमा एमाले नै अलमलमा परेको थियो ।

केही दिनअघिमात्र व्यवसायी मीनबहादुर गुरूङले नेकपा एमालेको केन्द्रीय कार्यालय निर्माण गरेर दिन खोजेको दान सर्वोच्च अदालतबाटै सदर भयो । दानको विरूद्धमा परेको रिट खारेज गरेर सर्वोच्च अदालतले भवन निर्माणको बाटो खोलिदिएको हो ।

गुरूङले करिब डेढ अर्बको लगानीमा कीर्तिपुर नगरपालिकाको २ नम्बर वडामा एमालेका लागि अत्याधुनिक केन्द्रीय कार्यालय निर्माण गरी हस्तान्तरण गरिदिने घोषणा गरेपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशद्धय अब्बुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार दान प्राप्ति रोक्न नपर्ने डहरसहित रिट निवेदन नै खारेज गरिदिएको हो । योसँगै एमालेका लागि केन्द्रीय कार्यालय निर्माण गर्ने बाटो खुलाभयो । नेपाली कांग्रेसका नेता दिनेश त्रिपाठीसहितका अधिवक्ताले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चले भवन निर्माणको बाटो खोलिदएपछि उक्त भवनको चन्दाका बारेमा प्रश्नगर्ने नेताहरू माथि एमालेले बुधबारको बैठकमा कारबाहीको प्रस्ताव लगेको हो । सचिवालय बैठकमा अध्यक्ष ओलीको निर्णयकाविरूद्धमा लड्ने कोही नहुने भएका कारण एमालेले कारबाहीको निर्णय सदर गर्ने सम्भावना रहेको छ । यद्ययी निर्णय नआउँदासम्म ठोकुवा गर्निमल्ने अवस्था रहेको छैन ।

मीनबहादुरले एमालेका लागि दिने दान सर्वोच्चबाट सदर, अब भवन निर्माण सुरू हुने

एमालेले कारबाहीको डण्डा तत्काल नचलाउने, भविष्यका लागि फाइल खडा

मीनबहादुर गुरूङको चन्दाका विषयमा प्रश्न गर्ने एमालेका तीन नेता कारबाहीमा

प्रकाशित मिति : १० पुष २०८१, बुधबार १४:५१