२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

पत्रकारले सत्तापक्ष र प्रतिपक्ष बन्ने होड बन्द गर्नुपर्छः उपप्रधानमन्त्री पोखरेल

१५ पुस, काठमाडाैँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारले सत्तापक्ष र प्रतिपक्ष बन्ने होड बन्द गर्नुपर्ने बताएका छन ।आइतबार नेपाल पत्रकार महासंघ काठमाडाैँको साधारसभा उद्घटान गर्दै उपप्रधानमन्त्री पोखरेलले पत्रकार कहिल्यै पनि सत्ता पक्ष र प्रतिपक्ष बन्न नहुने बताए ।

उनले भने ‘जनतालाई सही सूचना दिने भन्दा पनि सत्तापक्ष र प्रतिपक्षमा विभाजित भएर पत्रकारहरूले हुँदै नभएका कुरालाई समाचार बनाउने गरेका समेत छन त्यो गर्नु गलत हो ।’  मन्त्री पोखरेलले ‘सत्यसँग साइनो नै नभएका समाचार सम्प्रेषण गरेको’ भन्दै गलत गर्ने संचारमाध्यम र पत्रकारहरूको आलोचना गरे । पत्रकारहरूले सत्तापक्ष र प्रतिपक्ष भइरहन जरुरी नभएको उनको धारणा थियो।

आफ्ना कमजोरी भए जस्ताकोतस्तै जनतामा सम्प्रेषण गरे आफूले पत्रकारहरूलाई सलाम गर्ने भन्दै उपप्रधानमन्त्री पोखरेलले पत्रकारहरूले विषयमा आधारित भएर ठिकलाई ठिक भन्न सकेमात्रै जनताले सही सूचना पाउने र त्यसले राष्ट्रको पनि हित गर्ने बताए।

प्रकाशित मिति : १५ पुष २०७५, आईतवार १३:५७