८ पुष २०८१, सोमबार | Mon Dec 23 2024

रविलाई सांसद पदबाट निलम्बन नगर्न रास्वपा सांसदहरूको सभामुखलाई आग्रह

 ८ पुस, काठमाडौं । सभामुख देवराज घिमिरेलाई रास्वपाका सांदसहरुले सभापति रवि लामिछानेको सांसद पद निलम्बन नगर्न आग्रह गरेका छन्।

सभामुखको कार्यकक्षमा पुगेर रास्वपा सांसदहरु सन्तोष परियार, सोविता गौतम र गणेश पराजुलीले लामिछानेलाई निलम्बन नगर्न ध्यानाकर्षण गराएका हुन्।

यसअघि पनि रास्वपाका नेताहरूले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कानुन विज्ञहरूसँग परामर्श गरेका थिए ।

रविविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा आइतबार मुद्दा दायर भएपछि कास्की प्रहरीले यससम्बन्धी जानकारी संसद् सचिवालयलाई गराइसकेको छ भने निलम्बनबारे सभामुख पनि परामर्शमा छन् ।

प्रकाशित मिति : ८ पुष २०८१, सोमबार १७:०५