८ पुष २०८१, सोमबार | Mon Dec 23 2024

रवि लामिछानेसहित ५ जनालाई बयानका लागि अदालत उपस्थित गराइयो

८ पुस, काठमाडौँ । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । केहीबेरअघि लामिछानेलाई अदालतमा उपस्थित गराइएको हो ।

लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ । न्यायाधीश नितिज राईको इललासमा बयान हुँदैछ ।

उनीहरुविरुद्ध आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएकाले आजदेखि बयान हुने छ । त्यसपछि थुनछेक बहस हुनेछ ।

थुनछेक बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय गर्नेछन् । त्यसपछि मात्रै मूल मुद्दा अघि बढ्ने अदालतले जनाएको छ ।

लामिछानेमाथि भने सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ ।

प्रकाशित मिति : ८ पुष २०८१, सोमबार ११:१७