१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

माेदीको सभाबाट फर्किएका प्रहरी जवनाको ढुंगाले हानेर हत्या

१५ पुस, काठमाडाैँ । भारतको उत्तर प्रदेशस्थित गाजीपुर जिल्लामा प्रधानमन्त्री नरेन्द्र मोदीको सभाबाट फर्किएका प्रहरीमाथि स्थानीय एक राजनीतिक पार्टीका कार्यकर्ताले आक्रमण गर्दा एक जनाको ज्यान गएको छ ।

ड्युटीबाट फर्किँदै गरेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा एक प्रहरको ज्यान गएको र अरु केही घाइते भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन ।

प्रहरीका अनुसार प्रहरी जवान सुरेश वत्सको ज्यान गएको हो । प्रदर्शनकारीको ढुंगा लागेर वत्स गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा निधन भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । नौनेरा क्षेत्रमा निषाद समुदायका केही मानिसले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा केहीले प्रहरीमाथि ढुंगा प्रहार गरे ।

प्रकाशित मिति : १५ पुष २०७५, आईतवार ११:५५