सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड र एनआईसी एसिया बैंकबीच बैंक्यास्योरेन्स सम्झौता
१५ पुस, काठमाडाैँ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड र एनआईसी एसिया बैंकबीच बैंक्यास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिना तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले हस्ताक्षर गरेका छन ।
सम्झौता अनुसार ग्राहकहकहरुले एनआइसी एसिया बैंकका २७८ वटै शाखाहरुबाट सानिमा लाइफ इन्स्योरेन्सको प्रविधियुक्त आधुनिक स्तरको उत्कृष्ट जीवन बीमा सेवा उपभोग गर्न सक्नेछन् ।
प्रकाशित मिति : १५ पुष २०७५, आईतवार ११:४२