८ पुष २०८१, सोमबार | Mon Dec 23 2024

सरस्वती बहमुसी क्याम्पसमा हल्ट प्राइज आयोना हुँदै

७ पुस, काठमाडौँ । सरस्वती बहुमुखी क्याम्पसले हल्ट प्राइज प्रतियोगिता आयोजना गर्ने भएको छ । क्याम्पसले बिबिए बिबिएम लागि हल्ट प्राइज प्रतियोगिता आयोजना गर्न लागेको हो ।हल्ट प्राइज प्रतियोगिताको सञ्चालनका लागि क्याम्पस डाइरेक्टर शिशिर मरासिनी र उहाँकै नेतृत्वमा २३ जना समिति सदस्यहरूले सक्रिय रूपमा काम गरिरहेका छन् ।

हल्ट प्राइज के हो र यसमा आफ्नो बौद्धिक जुक्तिअनुरुप कसरी सहभागी हुने भन्नका लागि १७ डिसेम्बर, २०२५ मा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो । अभिमुखीकरण कार्यक्रममा करिब १ सय ४० जना विद्यार्थीलाई आधुनिक समस्याहरूमा नविन समाधानका बारेमा तयारी गराइएको छ।

कार्यक्रममा महत्त्वपूर्ण अतिथि गरिमा श्रेष्ठ (नेसनल कम्युनिटी लिडर) र सुभी काफ्ले (नेसनल कोर्डिनेटर)लाई प्रस्तोताको रुपमा स्वागत गरिएको थियो । प्रस्तोताको उपस्थितिले उद्यमीहरूका लागि राम्रो मार्गदर्शन गर्ने र रोजगारीको अवसर सिर्जना गर्ने अ‍त्मबल बढेको बताइएको छ। कार्यक्रममा क्याम्पस प्रमुख डा गोल्मन गुरुङ, सहायक क्याम्पस प्रमुख नारायण आर्याल, सहायक क्याम्पस प्रमुख जमुना श्रेष्ठ , व्याख्याता सुशीला शेरचनको उपस्थिती रहेको थीयो।

हल्ट प्राइज फाउन्डेशन २१ औं शताब्दीको लागि सामाजिक उद्यमशीलता र युवा सशक्तिकरणमा एक ग्लोबल लिडर हो। हल्ट प्राइजले प्रभाव केन्द्रित कार्यक्रमहरू, घटनाहरू र तालिमहरू विश्वव्यापी रूपमा १३० भन्दा बढी देशहरूका लाखौं विद्यार्थीहरूका लागि ल्याएको छ, जसले सबै ठाउँमा युवाहरूलाई राम्रो संसार निर्माण गर्न कदम चाल्ने बाटो सिर्जना गरेको छ।

प्रत्येक वर्ष दर्जनौं देशहरूका हजारौं विश्वविद्यालयका विद्यार्थीहरू यसमा सहभागी हुन्छन् र यसको स्थापनादेखि सहभागीहरूले उच्च शिक्षाका ५ हजारभभन्दा बढी संस्थाहरूको प्रतिनिधित्व गरेका छन् । ग्लोबल स्टार्टअप पुरस्कारको रुपमा १० लाख डलर पुरस्कार रहेको छ।

प्रकाशित मिति : ७ पुष २०८१, आईतवार १२:५१