४ पुष २०८१, बिहीबार | Thu Dec 19 2024

भारी मन लिएर आफ्नै आत्माउपर ‘कु’ गर्दै काँग्रेस परित्याग गरेँः राजकृष्ण श्रेष्ठ

४ पुस, नुवाकोट । नुवाकोटका अग्रज पत्रकार राजकृष्ण श्रेष्ठले नेपाली कांग्रेससँगको ३५ वर्ष लामो सम्बन्ध तोडेको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत पुस १ को साइत पारेर उहाँले नेपाली कांग्रेस परित्यागको घोषणा गर्नुभएको हो ।

कान्तिपुर टेलिभिजनको स्थापनादेखि नै नुवाकोटबाट रिपोर्टिङ गर्नुभएको उहाँले पुस १ गतेदेखि साँढे तीन दशकदेखिको कांग्रेससँगको संलग्नता परित्याग गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘२०१७ पुस १ गते मुलुकमा प्रजातान्त्रिक ब्यवस्था बिरूद्ध राजनीतिक ‘कु’ भएको छेको पारेर मैलै आजकै दिनमा आफ्ना आत्मा उपर ‘कु’ गरेको छु । भारी मनका साथ आजबाट साँढे तीनदशक लामो काँग्रेससंगको आबद्धता टुटाएको छु ।’

श्रेष्ठले अघि भन्नुभएको छ, ‘२०१७ पुस १ गते मुलुकमा प्रजातान्त्रिक व्यवस्थाकाविरूद्धमा राजनीतिक ‘कु’ भएको छेको पारेर आफूले पनि पुस १ को दिनमा आफ्ना आत्मा उपर ‘कु’ गरेको छु । भारी मनका साथ आजबाट साँढे तीनदशक लामो काँग्रेससंगको आबद्धता टुटाएको छु ।आजबाट म स्वतन्त्र र सचेत नागरिकको हैसियतमा बस्ने निधो गरेको छु ।’

श्रेष्ठले काँग्रेससँगको आबद्धता तोडेपनि लोकतन्त्र, बहुदलीय ब्यवस्थाप्रतिको आफ्नो आस्था र विश्वास कहिल्यै डगमगाउँने र गणतन्त्रप्रतिको निष्ठा सदैव रहिरहने बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा गर्नुभएको टिप्पणी यस्तो छ

२०१७ पुस १ गते मुलुकमा प्रजातान्त्रिक ब्यवस्था बिरूद्ध राजनीतिक ‘कु’ भएको छेको पारेर मैलै आजकै दिनमा आफ्ना आत्मा उपर ‘कु’ गरेको छु । भारी मनका साथ आजबाट साँढे तीनदशक लामो काँग्रेससंगको आबद्धता ट्टटाएको छु ।
आजबाट म स्वतन्त्र र सचेत नागरिकको हैसियतमा बस्ने निधो गरेको छु। काँग्रेसको आदर्श र चारतारा झण्डामुनी बसेर रूखमा भोटहाल्ने अवस्था बिध्यमान नरहेपछि स्वेच्छिक रूपमा काँग्रेससंगको आबद्धता तोडेको हुँ । यसमा कसैप्रतिको आग्रहपुर्वाग्रह गाँसिएको छैन । र, हैन ।

काँग्रेसमा नेतृत्व चयन प्रणालीमा देखिएको कमजोरीका कारण असल, योग्य र ईमानदार नेता, कार्यकर्ता नेतृत्वमा पुग्ने वातावरण नदेखिएपछि काँग्रेससंगको आबद्धता तोड्नुनै उचित लाग्यो । चारतारा झण्डा र रूखको छहारी मुनि बसेर अन्यत्र भोटहाल्न आफ्नो मनले मानेन । नैतिक रूपमा संकट पर्यो ।

मैले रूखमा भोट हाल्दैगर्दा म भन्दा अयोग्य र असक्षम र नैतिक पतन देखिएकालाई कसरी भोट हाँलु ? जुन कुरा आत्माले नमानेपछि भारी मन लिएर आफ्नै आत्माउपर ‘कु’ गरि काँग्रेस परित्याग गरेको हुँ ।

म त बिपिको विचार सुनेको र पढेको मान्छे हुँ । गिरिजाबाबू, किशुनजी, गणेशमान सिंह, महेन्द्रनारायण निधि, योगप्रसाद उपाध्याय र सुशील कोईराला देखेर, बुझेर हुर्किएको काँग्रेसी हुँ । यस्तोमा काँग्रेसमा रहेर अन्य दल र उम्मेदवारलाई भोटहाल्न मनले नमानेपछि स्वेच्छिक रूपमा काँग्रेसबाट विश्राम लिएँ ।

साथै, मैले काँग्रेससंगको आबद्धता तोडेपनि लोकतन्त्र, बहुदलिय ब्यवस्थाप्रतिको मेरो आस्था, बिश्वास कहिल्यै डगमगाउँने छैन । गणतन्त्रप्रतिको मेरो निष्ठा सदैव रहिरहने छ । अस्तु ।

प्रकाशित मिति : ४ पुष २०८१, बिहीबार २०:०८