बैंकिङ कसुर मुद्दामा फरार रहेका विशाल अनामनगरबाट पक्राउ
४ पुस, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कञ्चनपुर साविक श्रीपुर गाविस-३ घर भई काठमाडौं महानगरपालिका-२९ अनामनगर बस्ने ४० वर्षीय विशाल कुमार चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौं बबरमहलबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं शंखमुलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।
प्रकाशित मिति : ४ पुष २०८१, बिहीबार १८:०१