धादिङकी सरिताको हत्यामा संलग्न विश्वास तामाङ पक्राउ
४ पुस, काठमाडौं । चन्द्रागिरी नगरपालिका-१० सतुङगल खरिबोट डेरा गरी बस्ने धादिङ गजुरी गाउँपालिका-४ घर भएकी १७ वर्षीया सरिता तामाङको हत्या गरेको अभियोगमा धादिङ गजुरी गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१४ खड्का गाउँ बस्ने २४ वर्षीय विश्वास तामाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
सरिता आफ्नै कोठामा बुधबार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले घटनामा संलग्न विश्वासलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : ४ पुष २०८१, बिहीबार १७:५१